जन्तीबस दुर्घटनामा धमला र परियारको मृत्यु

हेटौंडा- भक्तपुरबाट जन्ती लिएर हेटौंडा आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुने दुवै जनाको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका डीएसपी यज्ञ प्रसाद भट्टराईले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई बालाजु बस्ने बिकास धमला र भक्तपुर घर भएका नवराज परियार रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
कान्तिलोकपथ हुँदै हेटौंडा आउँदै गरेको जन्ती बोकेको बा ४ ख २२१७ नम्बरको बस मकवानपुरको गढी गाउँपालिका – २ शिखरकटेरी नजिक दुर्घटना भएको थियो ।
दुर्घटनामा १० जना घाइते भएको घाइतेहरुको भट्टराईले जानकारी दिए । घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब २० मिटर तल खसेर रुखमा अड्किएको डीएसपी भट्टराईले बताए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...