जनसम्पर्क समितिस्पेनद्धारा धादिङ्गका भुकम्प पीडितलाई शैक्षिक सामाग्री वितरण

-- / प्रकाशित मिति : मङ्लबार, चैत्र ३०, २०७२

जनसम्पर्क समिति स्पेनको आयोजनामा धादिङ्गको दामगाडे माध्यमिक विद्यालयमा भुकम्पबाट घरबारविहिन भएका एक सय ५१ जना स्कुले विद्यार्थीहरुलाई एक बर्षका लागि पुग्ने शैक्षिक सामाग्री वितरण गरियो । जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष सन्तोष श्रेष्ठले स्पेनमा समाजसेवीका रुपमा चर्चित एनआरएनएका निवर्तमान महिला संयोजक शितल भुर्तेल भुषालको सहयोगमा जनसम्पर्क समिति स्पेनको संयुक्त सौजन्यमा प्राप्त शैक्षिक सामाग्री विद्यालयमा आयोजित कार्यक्रममा जनसम्पर्क मितिका उपाध्यक्ष सन्तोष श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर भण्डारी तथा प्रअ नारायण भण्डारीलाई हस्तान्तरण गर्नु भयो ।

4
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सन्तोष श्रेष्ठले भुकम्प पीडितका लागि वितरण शैक्षिक सामाग्री वितरण गर्न पाउँदा आफुलाई निकै खुसी लागेको बताउनु हुँदै त्यस सहयोगबाट पढाईमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो यस्ता सहयोग कार्य आगामी दिनमा जारी राख्ने प्रयत्न गर्ने बताउनु भयो । कार्यक्रममा श्रेष्ठले भुकम्प पीडितहरुका लागि आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनु भयो । सहयोग सामाग्री पत्रकार होमप्रसाद लम्सालको संयोजनका धादिङ्ग लगिएको कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले बताउनु भएको थियो ।
कार्यक्रममा श्रेष्ठले भने जहॉका बिद्यर्थीसंग गृहकार्य गर्न कपी कलम हुदैन र शिक्षकले तिन चार महिना तलब घर नलगी उनिहरुको सहयोगमा जुट्छन् उनिहरुको अघि हाम्रो सहयोग नगन्य होला तर सम्पन्न समुदायलाई सहयोगको लागी सन्देश जाओस् सरकारको कानमा परोस् ।

dशैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर भण्डारी, तथा प्रधानाध्यापक नारायण भण्डारीले प्राप्त शैक्षिक सामाग्रीबाट दुखी गरिब र भुकम्पले घरबार गुमाएका विद्यार्थीहरुका लागि निकै सहयोगी भएको र त्यसबाट पढाईमा समस्या भएकाहरुलाई निकै महत्वपुर्ण रहेको बताउनु भयो । यस अघि पनि एनआएरएनए स्पेनको सहयोगमा मनरुपी माविमा एक भवन बनाउन करिब १२ लाख सहयोग गरिएको थियो ।