बालबालिकालाई छात्रवृत्ति

लन्डनका एक जना सफल व्यवसायी रविजंग लामिछानेले नेपालमा ४० बालबालिकालाई छात्रवृत्ति दिने घोषणा गरेका छन् । लामिछानेले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा रविचन्द्र ट्रष्ट स्थापना गरि ४० बालबालिकालाई आगामी शैक्षिक सत्र २०७३ देखि उत्कृष्ट निजी विद्यालयमा नि:शुल्क शिक्षा प्रदान गर्ने भएका हुन् । द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट अभिभावक गुमाएका र विस्थापित भएका, टुहुरा, आर्थिक रुपमा पिछडिएका, असहाय तथा जेहेन्दार तथा हिंसाको शिकार भएका एकल महिलाको बालबालिकाले आवेदन दिन सक्ने लामिछानेले जनाएका छन् । लामिछानेले यसअघि व्यक्तिगत रुपमा विभिन्न विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्दै आएकोमा अब भने ट्रष्ट स्थापना गरि आफ्नो गृह जिल्ला पर्वतको तिलाहार, देउपुर, बाजुङ, रामजा, चित्रे गाविसहितका गाउँलाई केन्द्रित गरि उक्त छात्रवृत्ति वितरण गरिने जनाए । छात्रवृत्तिको आवेदन कक्षा ५, ६ र ७ का लागि हुने र छनोट गरिएका बालबालिकालाई उच्च शिक्षासम्म खर्च बेहोरिने जनाइएको छ । यसअघि लामिछानेले भूकम्पलगत्तै प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैया प्रदान गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...