बालबालिकालाई छात्रवृत्ति

लन्डनका एक जना सफल व्यवसायी रविजंग लामिछानेले नेपालमा ४० बालबालिकालाई छात्रवृत्ति दिने घोषणा गरेका छन् । लामिछानेले आफ्ना स्वर्गीय पिता चन्द्रजंग लामिछानेको सम्झनामा रविचन्द्र ट्रष्ट स्थापना गरि ४० बालबालिकालाई आगामी शैक्षिक सत्र २०७३ देखि उत्कृष्ट निजी विद्यालयमा नि:शुल्क शिक्षा प्रदान गर्ने भएका हुन् । द्वन्द्व तथा प्राकृतिक प्रकोपबाट अभिभावक गुमाएका र विस्थापित भएका, टुहुरा, आर्थिक रुपमा पिछडिएका, असहाय तथा जेहेन्दार तथा हिंसाको शिकार भएका एकल महिलाको बालबालिकाले आवेदन दिन सक्ने लामिछानेले जनाएका छन् । लामिछानेले यसअघि व्यक्तिगत रुपमा विभिन्न विद्यालयमा निशुल्क शिक्षा प्रदान गर्दै आएकोमा अब भने ट्रष्ट स्थापना गरि आफ्नो गृह जिल्ला पर्वतको तिलाहार, देउपुर, बाजुङ, रामजा, चित्रे गाविसहितका गाउँलाई केन्द्रित गरि उक्त छात्रवृत्ति वितरण गरिने जनाए । छात्रवृत्तिको आवेदन कक्षा ५, ६ र ७ का लागि हुने र छनोट गरिएका बालबालिकालाई उच्च शिक्षासम्म खर्च बेहोरिने जनाइएको छ । यसअघि लामिछानेले भूकम्पलगत्तै प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैया प्रदान गरेका थिए ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...