ओसिनिया तेस्रो बैठाकले विदेशिएका तमाम युवाहरु को भाबना समेटोस्

-- अर्जुन केसी  / प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६
एनआरएनएको ओसियनको तेश्रो  बैठक अबका केहि घण्टामा अष्ट्रेलियाको सिड्नीमा सुरु हुदैछ । बैठकबाट नेपालमा लगानी, पर्यटन र सिर्जना  विषयमा छलफल बढी होस् युव बर्ग तथा विदेशमा अध्यान गरिरहेका विद्यार्थीहरु लाई कसरी  एनआरएनएमा आबद्द  (Inclusive) गराउन सकिन्छ भन्ने बारेमा अग्रजहरुको ध्यान पुगोस । समृद्ध नेपालको लागि हामी सबै प्रवासी नेपालीहरु सधैं अग्रसर रहेको सन्देश पनि जावोस् । विदेशिएका नेपालीहरू ले विदेशमा सिकेको ज्ञान, सिप, क्षमता, अनुभव, शिक्षा र कमाईलाई कसरी नेपाल सम्म  पुराउने भन्ने बारे वृहत् बहस र विमर्श सम्मेलनमा केन्द्रित होस्।
‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ मूल नारा राखिएको यो सम्मेलनमा विभिन्न बुद्दिजिबिहरु ले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि ब्यापक बौद्दिक तथा ब्यबहारिक बहस हुने भन्ने बुझिएको छ तर त्यहाँ कसरि युवाहरु को भाबनालाई समेट्न सकिन्छ र यसले वा यस्ता किसीमकका हाम्रा बैठक, मिटिंग र सम्मेलनहरु ले कसरि ति तमाम बिदेसिएका युवा-युवतीहरु समेट्न सक्छ प्राय यो कुरा कुरा सधै ओझेलमा पर्नु दुखद पक्ष हो।
गैरआबासीय नेपाली अभियानमा युवाहरु को भावाना र मर्म अनुरुप नेपाल निर्माणमा उचित सहभागिताको लागि मार्ग खुल्ला गरियोस र साथ-साथै बिश्वभरका लाखौ कर्मठ नेपाली युवा र स्वदेशका दक्ष युवाहरु को स्तर बृद्दीका लागि बिशेष अभियानको आबश्यकता देखिएकोले एनआरएनए अभियान भित्र रहेर सबै युवा समेट्ने बिशेष किसिमको योजना वा मिसन ल्याउनु पर्ने देखिन्छ । जहाँ गए पनि जुन कार्यक्रममा गए पनि युवाको सहभागिता, युवाको नेतृत्व भन्ने नारा मात्रमा सिमित नहोस ।  युवा नै मुलुकको भविष्य निर्माता भएकाले विभिन्न कामका लागि विश्वका विभिन्न मुलुकमा पुग्ने नेपाली युवाहरु लाई सृजनशील र हौसला दिदै राष्ट्र निर्माणमा प्रतक्ष्य/अप्रतक्ष्य सहभागी जनाउनु अहिलेको महत्वपूर्ण आबश्यकता हो।
हामिलाई  थाहा नै छ २०१५ को विनाशकारी भूकम्पले बनाएको क्षत -बिक्षत नेपाल र धेरै नेपाली परिवारको अहिले सम्म पनि सुरक्षित स्थानान्तरण र ब्यबस्था गर्न सकिएको छैन यो कार्यलाई पुनर्निर्माण यति अलमल हुनु पनि युवा शक्ति र उनको दक्षताको सहि सदुपयोग नहुनु हो।  भूकम्पले दिएको यो पिडा संगै हाम्रो पर्यटन ब्यबसाय अझै राम्रो बन्न सकेको छैन, कृषि प्रधान देश भनिन्छ तर ब्यबसायिक कृषि र प्रबिधि मैत्री कृषिको आहिले सम्म कुनै रुप रेखा सम्म पनि देखिदैन । यदि नेपालमा पार्टन ब्यबसाय र कृषी पेशालाई सक्रिय र एउटा उध्यमशिलतामा परिणत गर्ने हो भने विदेशमा रहेको हरेक युवाहरु ले पर्यटन दुतको रुपमा नेपाल र नेपालिको सहि प्रचार प्रसारको भूमिकामा सभागी हुने सामुहिक तथा एकीकृत कार्यक्रमहरु को सुरुवात हुनु जरुरि छ ।
विदेश आएका युवा समूह पढ्न र रोजगारीको लागि मात्र आएका हुदैन्,  उनीहरु ले आफु संग भएका बिबिध प्रतिभाहरु लाइ पनि संगै ल्याएका हुन्छन् र सहि अवसरको खोजिमा हुन्छन्। यस्ता बिबिध प्रतिभाहरु लाई  प्रोत्साहन गर्न नेपाली भाषा, कला संस्कृतिको विकास र ब्यबस्थापनको प्रोजेक्टहरु लाई हरेक स्टेट, कन्ट्री , रिजनल एरियाबाट प्रस्फुटित गराई खेलकुद तथा युवा क्षमता पहिचान र क्षमता बृदी हुने बिबिध कार्यक्रमहरु लाई एनआरएनएले सधै उच्च प्रथामिकताका साथ समेट्न सक्नु पर्छ।
पछिलो समयमा युवा ब्यबसायीहरु को जमात पनि बाक्लिदै गएको अबस्थामा नेपालमा श्रम र पूंजी लगाउन युवा समूहको जोश, जांगर, उनिहरु को प्रतिभा एबं दक्ष जनशक्तिको यो उस्त्साहलाई अझै तिब्र बनाउदै उत्पादनशिल क्षेत्रमा लगानी अभिब्रिद्दी गर्न पर्ने आजको अहं आबश्यकता हो । सामुहिक र बिदेशी लगानी मात्र नभएर आहिले नेपाल बिधार्थी र युवा पंक्ति विदेश जानेको लर्को नै छ त्यो कुराहरु लाई स्वदेशमा नै उधमशील कार्क्रमहरु, गुणात्मक शिक्षाको  ब्यबस्था मिलाई स्वदेशमा नै रोजगारी र अवसरको प्रबन्ध मिलाउन आबश्यक छ। गर्ने हामीले नै हो, गर्ने युवा शक्तिले त्यसैले पनि एनआरएनएले गर्ने बिबिध कार्यक्रमहरु मा युबाका विचार उनीहरु संग को सकारात्मक उर्जालाई समेट्दै नेपालको समृद्धिमा उनीहरुलाई प्रमुख साझेदारी बनाउदै अगाडी बढोस्।  त्यसको शुरुवातको छन्को सिड्नी अष्ट्रेलियामा हुने तेश्रो एनआरएनए ओसिनिया क्षेत्रिय सम्मेलन बाटै देख्न पाईयोस।  शुभकामना !!
( लेखक एनआरएनए अष्ट्रेलिया, २०१७/२०१९ एनएसडब्लु स्टेट डेपुटी को-आर्डिनेटर हुन् )