जाम्बियामा नेपाली सभामुख

दक्षिणी अफ्रिकी मुलुक जाम्बिया पुगेकी सभामुख ओनसरी घर्ती मगरले त्यहाँका गैर आवासीय नेपाली समुदायसंग भेटघाट गरेकी छिन् । जाम्बियाको लुसाकामा आयोजित अन्तरव्यवस्थापिका संघको अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन पुगेकी मगरले नेपालको पुनर्निर्माणमा अफ्रिकी मुलुकमा रहेका नेपालीबाट ‘थप साथ र सहयोगका लागि’ आग्रह गरेकी थिइन् । नेपालजस्तै भूपरिवेष्ठित मुलुक जाम्बियाको विकास अनुभव र प्रगतीबाट नेपालीले धेरै सिको गर्न सक्ने बताउँदै उनले नेपाल तथा जाम्बियाको पारस्परिक सहयोगको आवश्यकतामाथि चर्चा गरेकी थिइन् । गैर आवासीय नेपाली संघका जाम्बियाका अध्यक्ष विदुर खनालले जाम्बिया संग नेपालले पर्यटन, पर्यावरण, शिक्षा र साना तथा मझौला जलविद्युत क्षेत्रमा सहकार्य गर्न सक्नेबारे सुझाएका थिए । अध्यक्ष खनालले नेपालबाट अफ्रिकी मुलुकसम्म ल्याएर नेपाली युवायुवतीलाई अलपत्र पारिने गरेको मानव तस्करीको संजालका बारे सभामुख घर्तीमगरलाई अवगत गराएका थिए । सभामुख घर्तीमगरको साथमा सांसदहरू ईश्वरी न्यौपाने, गोकुलप्रसाद घर्ती, शीवजी यादव, योगेन्द्र चौधरी तथा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसहित १९ जनाको प्रतिनिधिमण्डल रहेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...