जाम्बियामा नेपाली सभामुख

दक्षिणी अफ्रिकी मुलुक जाम्बिया पुगेकी सभामुख ओनसरी घर्ती मगरले त्यहाँका गैर आवासीय नेपाली समुदायसंग भेटघाट गरेकी छिन् । जाम्बियाको लुसाकामा आयोजित अन्तरव्यवस्थापिका संघको अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन पुगेकी मगरले नेपालको पुनर्निर्माणमा अफ्रिकी मुलुकमा रहेका नेपालीबाट ‘थप साथ र सहयोगका लागि’ आग्रह गरेकी थिइन् । नेपालजस्तै भूपरिवेष्ठित मुलुक जाम्बियाको विकास अनुभव र प्रगतीबाट नेपालीले धेरै सिको गर्न सक्ने बताउँदै उनले नेपाल तथा जाम्बियाको पारस्परिक सहयोगको आवश्यकतामाथि चर्चा गरेकी थिइन् । गैर आवासीय नेपाली संघका जाम्बियाका अध्यक्ष विदुर खनालले जाम्बिया संग नेपालले पर्यटन, पर्यावरण, शिक्षा र साना तथा मझौला जलविद्युत क्षेत्रमा सहकार्य गर्न सक्नेबारे सुझाएका थिए । अध्यक्ष खनालले नेपालबाट अफ्रिकी मुलुकसम्म ल्याएर नेपाली युवायुवतीलाई अलपत्र पारिने गरेको मानव तस्करीको संजालका बारे सभामुख घर्तीमगरलाई अवगत गराएका थिए । सभामुख घर्तीमगरको साथमा सांसदहरू ईश्वरी न्यौपाने, गोकुलप्रसाद घर्ती, शीवजी यादव, योगेन्द्र चौधरी तथा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईसहित १९ जनाको प्रतिनिधिमण्डल रहेको थियो ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...