ब्रसेल्समा आतंककारी आक्रमण

बेल्जियमको राजधानी ब्रसेल्सका दुई व्यस्त ठाउँब्रसेल्स एयरपोर्ट र मेट्रो रेल स्टेसनमा मार्च २२ का दिन आतंककारी आक्रमणमा ३४ जना मारिएका छन् भने १ सय ५० भन्दा बढी घाइते भएका छन् । घटनापछि सम्पूर्ण युरोपभर सुरक्षा बढाइएको छ भने बेल्जियम आउजाउका प्रमुख नाकाहरू बन्द गरिएका छन् । घटनालगत्तै बेलायतबाट बेल्जियम आउने अन्डरग्राउन्ड रेलसेवा बन्द गरिएको छ भने अन्य मुलुकसंगको हवाई सेवा तत्कालका लागि बन्द गरिएका छन् । प्रत्यक्षदर्शीका अनुसार विमानस्थल आक्रमणअघि अरवी भाषामा ठूलो स्वरमा आवाज आएको, गोली चलाइएको र दुई विष्फोट भएका थिए । दुई विष्फोटमध्ये एक जना आत्मघाती हमलाकारी भएको आशंका गरिएको छ । १ सय ३० जनाको ज्यान जाने गरी गएको नोभेम्बर महिनामा पेरिसमा शृंखलाबद्ध आक्रमणको योजनाकार मानिएका व्यक्ति सलेह अब्देसलामलाई ब्रसेल्समा चार दिनअघि प्रहरीले पक्राउ गरेको थियो । यसैबीच उक्त आतंकवादी आक्रमणका मुख्य अभियुक्त पक्राउ परेका छन् । सुरक्षाकर्मीको विशेष टोलीले बम आक्रमणमा संलग्न भनेर ठम्याइएका नाजिम लचारवीलाई पक्राउ गरेको हो । युरोपकै सुरक्षा संयन्त्रलाई चुनौती दिँदै भएको बर्बरतापूर्ण उक्त आक्रमणमा नाजिमको संलग्नता देखिएपछि उनको खोजी तीब्र पारिएको थियो । सिसिटिभी फुटेजका आधारमा पक्राउ गर्न सुरक्षाकर्मी सफल भएको बताइएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...