एनआरएनएमा आर्थिक अनुशासन, पारदर्शिता र श्रोत बिकास नै मेरो प्रमुख एजेण्डा: एसी शेर्पा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, अशोज ३, २०७६

अमेरिका, लामो समयदेखि गैरआवासिय नेपाली अभियानमा सहभागी एसी शेर्पा एनआरएनको काठमार्डौ गैरआवासीय नेपाली संघको निर्वाचनमा सहकोशाध्यक्षका उम्मेवदारी दिने बताएका छन । अमेरिका क्षेत्रबाट हरेक जस्तो च्यारिटी कार्यक्रम वा एनआरएन गतिविधिमा उनि सदैव सक्रिय छन । सदैव समाजसेवामा रमाउने शेर्पा एनआरएनमा निकै चिनिएका  छन्। नेपाली झण्डालाई सगरमाथाको चुचुरोमा फहराउन सफल पहिलो गैरआवासीय नेपाली पनि हुन एसी शेर्पा। उनि विश्वका ७५ भन्दा धेरै देशका लागि हिमाल आरोहणका लागि प्रशिक्षक पनि हुन् । सेभेन समिट फाउण्डेशनका अध्यक्ष, रियल स्टेट, पर्यटन र अन्य व्यवसायका सफल ब्यबसायी शेर्पाले नेपालमा ठूला लगानीका लागि पनि अनुभव गरिसकेका छन् ।
गत महिना मात्र उनको सेभेन समित फाउण्डेशनको सपोर्टमा मिस नेपाल युनिभर्स अनुस्का श्रेष्ठको सिन्धुपाल्चोक प्रोजेक्टको लागि ३० हजार अमेरिकी डलर भन्दा धेरै सपोर्ट जुटाउन योगदान गरेका छन्। यस बाहेक थुप्रै सामाजिक क्षेत्रमा उनले योगदान दिएका छन् । आफ्नो जन्मथलो सोलुखुम्बु र सिन्धुपाल्चोकमा गरेर करिव ४ करोड नेपाली रुपैयाँ भन्दा धेरै सामाजिक बिकासमा योगदान गरेका शेर्पाको गैरआवासीय नेपाली संघमा पनि अनगिन्ति सपोर्ट छ ।
एनआरएनएमा सहभागी हुँदै आएता पनि पदिय जिम्मेवारी भने २०१३ देखि २०१५ कार्यकालमा अमेरिकाबाट सुरु गरेका हुन् । त्यो समय आइसीसी सदस्य हुँदै २०१५ देखि २०१७ मा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक थिए । अनि यो पटक सहकोषाध्यक्षका लागि उम्मेद्वार हुने भएका छन ्।

शेर्पाले निर्वाचनका लागि तयार पारेका एजेण्डाहरु यस्ता छन

एनआरएनएमा आर्थिक अनुशासन, पारदर्शिता र श्रोत बिकास नै मेरो प्रमुख एजेण्डा हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर १५-१७, २०१९ काठ्माण्डौमा हुने ९ औं विश्व सम्मेलन तथा महाधिवेशनमा म एसी शेर्पा सहकोषाध्यक्षका लागि उम्मेदवार हुने भएको जानकारी गराउन चाहन्छु। मैले यसको लागि एनआरएनएमा आर्थिक अनुशासन, पारदर्शिता र श्रोत बिकास भन्ने तीन प्रमुख एजेण्डा लिएर आएको छु। म नेपालको पूर्वी पहाडी जिल्ला, गेटवे अफ सगरमाथा भनेर चिनिने सोलुखुम्बुमा जन्मिएर सानै उमेरमा अमेरिका आएको हुँ। अमेरिकाको अध्ययन सकेर स्टेट अफ वाशिङटन, सियाटल शहरमा पर्यटन र अन्य ब्यबसायमा गर्दै आएको छु। यस बाहेक क्यानाडा र नेपालमा पनि केहि ब्यबसायहरु छन्। नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिट समेत सफलाता पूर्वक आरोहण गरेको इतिहास मसँग छ। म आफैंले गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराउन पनि सफल भएको हो।

विश्वका ७५ भन्दा धेरै देशका लागि हिमाल आरोहणका लागि प्रशिक्षण पनि दिने गरेको छु। सेभेन समिट फाउण्डेशन भन्ने सँस्थामा हाल पनि अध्यक्षको जिम्मेवारीमा छु। मैले आफ्नो जन्मथलो सोलुखुम्बुका साथै सिन्धुपाल्चोक जिल्लामा समेत थुप्रै सामाजिक बिकासका काममा योगदान गरेको जानकारी दिन चाहान्छु। म एनआरएनएमा लामो समय देखि रहेता पनि पदिय जिम्मेवारीमा भने २०१३-२०१५ कार्यकालमा अमेरिकाबाट आइसीसी सदस्य हुँदै सुरु गरेको हुँ। २०१५-२०१७ मा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजक थिए। अनि यो पटक संघको अन्तराष्ट्रिय परिषदको सहकोषाध्यक्षका लागि उम्मेद्वार हुने निर्णय गरको छु। गैरआवासीय नेपाली संघमा २०१३ देखि २०१७ को कार्यकालमा १ अरब भन्दा धेरै श्रोत बिकास भएको थियो।

५० करोड भन्दा धेरै रकम संघको खातामा थियो। २०१७-२०१९ को कार्यकालमा आउँदा भने त्यो घटेर गएको छ भन्ने सुनेको छु। यदि त्यसो नै हो भने यो अबधिमा श्रोत बिकास र फण्ड रेजिङ कम भएको अवस्था बुझिन्छ। भलै त्यसको आधिकारिक हिसाब मसँग ऐले छैन। त्यसैले, सँस्थामा योजना बद्ध रुपमा आर्थिक पाटो चलाउनु पर्छ। आम्दानी र खर्चमा अत्यन्तै अनुशाशित रुपमा चल्नुपर्छ। संकट र आपतकालिन अवस्था बाहेक हरेक प्रोजेक्टको लागि श्रोतको आधार अनुसार मात्रै काम सुरु गर्नुपर्छ। काम अनुसार मात्र खर्च गर्नुपर्छ। आपतकालीन कोषको पनि ब्यबस्था गरेर त्यसलाई अनुशाशित रुपमा चलाउनु पर्छ भन्ने मेरो मुख्य योजना हो। अर्को कुरा सँस्थाको आर्थिक पाटो जहिले पनि पारदर्शि हुनुपर्छ। आवश्यकता पर्दा सबैलाई अनुरोध गर्न सक्नुपर्छ।

हरेको आम्दानि र बिशेष गरि डेजिग्नेटेड फण्डहरुको खर्च झन् अनुशाशित रुपमा पारदर्सी भएर चलाउनु पर्छ। संस्थामा आन्दानी र खर्च मात्र भएर पनि हुँदैन। त्यसलाई बढाउने श्रोत पनि हुनुपर्छ। ऐले सम्म गैरआवासीय नेपाली संघको श्रोत भनेको सदस्य, पदाधिकारी र अभियन्ताहरु मात्रै हुन्। अब अन्य श्रोतको पनि खोजि र बिकास गर्दै संस्थामा सबै प्रोजेक्ट र प्रशानतर्फ खर्च गर्न आवश्यक रकमको बिकास हुनुपर्छ। यी सबै कुराहरु मैले संघको कोषाध्यक्षसँग मिलेर सफल कार्यकाल र शशक्त आर्थिक पाटो बनाउनेको लागि नै यो पटक सहकोषाध्यक्षको लागि उम्मेदवार हुने निर्णय गरेको छु। यहाँहरु सबैले मेरो अनुरोधलाइ सहयोग र समर्थन गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। धन्यवाद !

एसी शेर्पा सहकोषाध्यक्षका लागि उम्मेदवार (२०१९-२०२१) गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद