अध्यक्ष उम्मेदवार पन्तको टिम यस्तो बन्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, अशोज २८, २०७६

 

काठमाडौं, सहमतिका लागि भन्दै अन्तिम समयसम्म समुह बनाउन नहुने पक्षमा रहेका अध्यक्ष उम्मेदवार कुमार पन्तले अर्का अध्यक्षका उम्मेदवार कुल आचार्यले टिम बनाएपछि पन्तले पनि संभावित उम्मेदवारको सुचि तयार गरेको समाचार छ । सो टिममा उपाध्यक्षहरुमा डा बद्री केसी, हिम्मत थापा र सोनाम लामा महासचिवमा डा हेमराज शर्मा, सचिवमा गौरी जोशी र कोशाध्यक्षमा महेश श्रेष्ठ तय भएको छ । बाँकी दुई उपाध्यक्ष र र सहकोषध्यक्ष पदमा सहमतिका आधारमा तय गरिने बताईको छ ।

एनआरएनमा कुनै पनि समुह बनाउन नहुने भए पनि आचार्यले हतारमा सम्मेलन शुरु हुनु भन्दै अगावै टिम बनाएपछि पन्त पनि बाध्य भएका हुन । महासचिवका उम्मेदवार डीवि क्षेत्रिले अर्का महासचिवका उम्मेदवार डा शर्मालाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिता लिएका हुन ।
गैरआवासिय नेपाली संघमा लामो समय काम गरेका पन्त आचार्यको तुलनामा निकै बलिया उम्मेदवार हुन । संभवत यतिखेर पन्तको टिम नै मैदानमा निकै बलिया छन ।