नसर्ने रोगसम्बन्धी सातै प्रदेशमा गरेको प्रतिवेदन सार्वजनिक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर ६, २०७६

काठमाडौ-  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्वका बारेमा सातै प्रदेशमा गरेको सर्वे  सार्वजनिक गरेको छ ।

उक्त सर्वे सन् २०१८ फेब्रुअरिदेखि मेसम्म चार महिनाको अवधिमा गरिएको जनाएको छ । सर्वेमा १५ देखि ६९ उमेर समूहका महिला तथा पुरुषहरुको सहभागीता गराईएको थियाे ।

सर्वेक्षणमा जनसांख्यिक र बानी व्यहोरा सम्बन्धी बिषयलाई जोड दिईएको परिषद्का अध्यक्ष डा.अन्जनी कुमार झाँले बताउनु भयो ।

उहाँले यो सर्वेक्षण नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको संयुक्त लगानीमा परिषदले सम्पन्न गरेको बताउनुभयो । उहाँले नेपालमा बढ्दो नसर्ने रोगको समस्यालाई ध्यानमा राखी जनस्वास्थ्यको अवस्था र आम नागरिकको स्वास्थ्य स्थिति सुधारका लागि नीतिगत योजना बनाउनसमेत मदत पुगोस भन्ने उदेश्यले गरिएको सर्वेमा सूर्तिजन्य पदार्थ, मदिरा, आहार, शारिरीक क्रियाकलापका बारेमा बिवरण संकलन गरि समिक्षा गरिएको बताउनभुयो ।

यो सर्वेले नेपालीहरुमा देखिएको मुख्य समस्या उच्च रक्तचाप र मोटोपन अत्यधिक भएको पाईएको छ । यो पत्ता लगाउन मानिसको उचाई, तौल र रक्तचाप जस्ता शारिरीक मापन गरिएको जनाएको छ । यसका साथै रगतमा चिनी कोलेस्ट्रोलको मात्रा पत्ता लगाउन बायोकेमिकल मापनहरु संकालन गरिएको पनि जानाएको छ ।

सर्वेमा ५ हजार ५ सय ९३ जना बयस्कहरुलाई सहभागी गराईएको र समग्रामा, सहभागिता ८६.४ प्रतिशत रहेको थियो । यस्तै सर्वे सन् २०२४ मा पुःन गर्ने जानकारी गराईयो ।

उक्त रिपोर्ट सार्वजनिक कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.जजभेन्टरले हरेक मानिसको शरिरको निर्णय गर्ने अधिकार स्वयममा भएको र ज्ञान भएर या नभएर मादक पदार्थ, धुम्रपान, नून, जंकफूड लगायतको प्रयोगले अन्य मुलुकमा भन्दा नेपालमा छिटै प्रभाव परेको छ भन्नुभयो ।

सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय शाखाका प्रमुख महेन्द्र श्रेष्ठले सबै भन्दा बढी जंक फुड नेपालमा प्रयोग हुन्छ भन्ने कुरा अमेरिकाको भ्रमणका अवसरमा थाहा पाउँदा दुःख लागेको बताउनुभयो । नेपाल आफैले हालसम्म कुनै पनि अनुसन्धान नगरेका कारण अमेरिका पुगेर नेपालीहरुले जति चाउचाउ अन्य मुलुकका मानिसले खाँदैनन भन्ने सुनेकाले यो नेपालले गरेको अनुसन्धान विश्वका लागि नमूना बन्न सकोस उहाँले भन्नुभयो ।

सोही अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले नेपालका हरेक नीति लहडमा बन्छ तर अनुसन्धानमा आधारित नीति अहिलेसम्म नबनेको बताउनुभयो । परिषद्ले गरेको अनुसन्धान स्वास्थ्य नीति बनाउन सहयोगी बनोस र अनुसन्धान कामका लागि काम देखाउने मात्र नबनोस उहाँले भन्नुभयो ।