कैलाश मानसरोवर यात्रामा पर्यटक शुल्क वृद्धि

काठमाडौं- चीनको तिब्बतस्थित कैलाश मानसरोवर जाने भारतीय पर्यटकलाई शुल्क बढाएसँगै अहिले स्वदेशी पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
व्यवसायीले एक्कासि बढाइएको शुल्क वृद्धिले नेपालको बाटो हुँदै कैलाश पुग्ने भारतीय पर्यटकको संख्यासमेत निकै घट्ने भन्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
नेपालको हुम्ला–सिमीकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज सेन्टरले एक्कासि त्यहाँ जाने रकम बढाएपछि नेपाली व्यवसायी चिन्तित बनेका हुन् ।
सेन्टरले भारतीय पर्यटकलाई प्रतिव्यक्ति ७८० अमेरिकी डलर एकैपटक बढाएको छ भने अन्य देशका पर्यटकका लागि शुल्क बढाइएको छैन ।
व्यवसायका लागि सुरुमा नै १ लाख अमेरिकी डलर धरौटी राख्नुपर्ने व्यवस्थासमेत गरेको छ । विदेशमा धरौटी राख्ने काम नेपालको कानुनले दिएको छैन ।
स्वदेशी पर्यटन व्यवसायीले हाल भारतीय पर्यटकलाई केरुङको बाटो हुँदै कैलाश पठाउँदा १ लाख ३० हजार भारतीय रुपैयाँ ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा २ लाख ३० हजार भारतीय रुपैयाँ र हुम्ला–सिमीकोट हुँदै कैलाश पठाउँदा १ लाख ७० हजार भारतीय रुपैयाँ लिँदै आएका थिए ।
चीनको फरएन एक्सचेन्ज सेन्टरले कैलाश जानका लागि रकम बढाएसँगै केरुङको बाटो हुँदै कैलाश पठाउँदा १ लाख ८५ हजार भारतीय रुपैयाँ, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा ३ लाख १० हजार भारतीय रुपैयाँ र हुम्ला–सिमीकोट हुँदै कैलाश पठाउँदा २ लाख ६० हजार भारतीय रुपैयाँ तिनुपर्ने भएपछि समस्यामा परेका हुन् ।
श्री कैलाशयात्रा संघले मंगलबार धार्मिक पर्यटकको नाममा एक्कासि यतिधेरै शुल्क बढाएको भन्दै चीन सरकारसँग समन्वय गरी बढाएको शुल्क कम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।
मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा भारतीय पर्यटकका लागि एक्कासि रकम बढाउँदा भ्रमण वर्षमा असर पर्ने भन्दै यसका लागि कूटनीतिक पहल गर्ने बताए । उनले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर चाँडोभन्दा चाँडो समस्याको समाधान गर्ने बताए ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...