एनएसडब्लु रुलर फायर सर्भिसलाई नेपाली समुदायको तर्फ बाट २० हजार डलरको सहयोग 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर ६, २०७६
गत केहि हप्ता देखि अष्ट्रेलियाका बिभिन्न ठाउँहरु बिशेष गरि एनएसडब्लुमा भएको आगलागी र त्यसबाट भएका धन-जनको क्षतिमा भावनात्मक मात्र होइन आर्थिक रुपमा पनि सहयोग गर्ने हेतुले नेपाली समुदायको तर्फबाट एनआरएनए अष्ट्रेलियाले संकलन गरेको २० हजार डलर  एनएसडब्लु रुलर फायर सर्भिसलाई हस्तान्तरण गरेको छ।  एनएसडब्लु रुलर फायर सर्भिसको तर्फबाट कमिसनर सेन फिच्सिमोन्स नेपाली समुदायबाट प्राप्त यो सहयोगले ज्यानको बाजी लगाएर जनताको लागि सेवा पुराउने दुइ हजार भन्दा धेरै कर्मचारी र स्वयमसेवकको मनोबल उच्च पर्न मद्दत पुग्ने बताए।  सेनले यो रकम  फायर सर्भिससेजलाई आबश्यक पर्ने उपकरण देखि पिडित समुदाय सम्म पुग्ने बताउदै केहि समय अगाडी आफ्नो परिवारको सदस्यले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाली समुदायको मिलनसार र इमान्दारिताको प्रसंसा गरेका थिए।
संस्थाका कोषाध्यक्ष अनिल पोख्रेलको संयोजकत्वमा रहेको इमर्जेन्सी फन्ड राइज कमिटिको सक्रियतामा यो सहयोग संकलनमा अष्ट्रेलिया भरिकै नेपालीले आ-आफ्नो तर्फबाट सहयोग गरेका थिए।

“हाम्रो दोश्रो घर जल्दै छ, आउँ हातेमालो गरौ, सकेको सहयोग गरौं”  भन्ने अभियानका साथ सुरु भएको रकम संकलन कार्यक्रमलाई स्वतस्फुर्त सहयोगी मनहरु जसरि जोडिनु भयो यसले अष्ट्रेलियामा बसेका हामी नेपाली समुदाय आफ्नो कर्मभूमि प्रतिको सम्मान र माया झल्केको एनआरएनए अध्यक्ष्य केशब कंडेलले बताए। कंडेलले अगाडी भने ‘बहुसांस्कृतिक अष्ट्रेलियाले जसरि  नेपाली समुदायलाई आफ्नोपन दिएको छ आज अफ्ठ्यारो पर्दा हामीले सानै भए पनि सहयोग गर्न सक्यौ जुन हामी सबैको लागि आत्मसन्तोषको बिषय हो, यो हामी सबैको सहकार्यले मात्र सम्भब भएको हो।

यसै गरि एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष एबम यस फन्ड राइजका संयोजक अनिल पोख्रेलले सुरुमा १० हजार डलरको लक्ष्य लिइएको यो सहयोग संकलन अभियान लक्ष्य भन्दा दोब्बर पुग्न सकेकोमा सबै सहयोगीहरुलाई धन्यबाद दिदै कुल उठेको १८ हजार ५ सय ४६ डलरमा बाँकि रकम थप गरि २० हजार डलर पुराएको बताए । आजको सहयोग हस्तान्तरण कार्यक्रम एनआरएनएका केन्द्रिय उपाध्यक्ष मन केसी, एनआरएनएका अध्यक्ष्य केशब कंडेल, उपाध्यक्ष चुडामणि सापकोटा, महिला संयोजक सन्ध्या शाह, कोषाध्यक्ष अनिल पोख्रेल, युवा संयोजक इर्साद अहमद लागायतक पदाधिकारीहरु र मिडियाकर्मीहरु को उपस्थिति थियो।