बलात्कार अभियाेगमा पक्राउ परेका विद्यार्थी नेता राई जेल चलान

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, मंसिर ७, २०७६

काठमाडौं- बलात्कार अभियाेगमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सह–सचिव इन्द्रहाङ राईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उक्त निर्णय गरेको हो ।

अदालतको आदेशपछि राईलाई केन्द्रीय कारागार सुन्धारा लगिएको प्रहरीले जनाएको छ ।

आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्यसमेत रहेका राई बलात्कारको आरोपमा १२ कात्तिकमा पक्राउ परेका थिए ।

राईमाथि तिहारमा देउसी खेल्ने बहानामा आफ्नै साथीको बहिनी बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।