ओलीकै सल्लाहमा भारतले नयाँ नक्सा छापेको हाे- सभापति देउवा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, मंसिर ८, २०७६

काठमाडौँ-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा भारतले नयाँ नक्सा छापेको आरोप लगाएका छन् । शनिबार पोखरामा भएको चुनावी सभामा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएर घुँडा टेकेको बताएका छन् ।

‘ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ। ओली राष्ट्रवादी पनि होइन।’

देउवाले भने ,’भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो। ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै सक्दैन,’ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको रहेको र सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख गरिएको देउवाले बताए ।

उनले भने ,’महाकालीको पानी पनि आधा हक लाग्छ।’ ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गर्नुका साथै भ्रष्टाचार समेत बढाएको देउवाले आरोप लगाएका छन् ।

देउवाले भने, ‘ संवैधानिक परिषदलाई शाही आयोगजस्तो बनाउँदैछ। कठपुतली बनाउन खोजिँदैछ।’

नेपाली भूमि आफनो नक्सामा समावेश गरेर भारतले जारी गरको नँया राजनीतिक नक्साको देशभर विरोध भइरहेको छ । पछि त्यसको विरोध भइरहेको छ । भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो भुभागमा रहेको नँया नक्सा जारी गरेको छ ।