सागमा सुरक्षा व्यवस्था चुस्तः प्रहरी महानिरीक्षक खनाल
काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही डिसेम्बर १ देखि १० सम्म नेपालमा सम्पन्न हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (सागं)मा सुरक्षा व्यवस्था चुस्त पारिएको बताउनुभएको छ ।
उक्त खेलकुद प्रचार प्रसार तथा प्रकाशन समितिद्वारा काठमाडौं कालिमाटिस्थित सोल्टी होटलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै सुरक्षा समितिका संयोजक समेत रहनुभएका प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
साग गेमलाई सुरक्षित एवम् सफलतापूर्वक सम्पन्न गर्नका लागि सुरक्षा निकायका सबै निकायहरुसँग समन्वय गरी बिशेष सुरक्षा रणनीति तयार पारिएको जानकारी दिँदै प्रहरी महानिरीक्षक खनालले विशेष अतिथिहरु तथा खेलाडीहरुलाई विमानस्थल, निवासस्थान खेलमैदानका साथै समारोहस्थलहरुमा समेत सुरक्षा व्यवस्था एवम् ट्राफिक व्यवस्थापन लगायतमा सुरक्षा योजना तयार गरिएको बताउनुभयो ।
सम्भावित घटना तथा अवान्छित गतिविधिहरुको पहिचान गरी सूचना संकलन तथा विश्लेषण गरी कुनै पनि खेल प्रभावित हुन नदिन तत्काल परिचालन हुन सक्ने गरी सुरक्षाकर्मी तैनाथ गरिने र ठूलो संख्यामा खेल हेर्न आउने दर्शकको व्यवस्थापनको लागि आयोजकसँग समन्वय गरी काम गर्ने प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।
साथै संवेदनशिल स्थानहरुमा स्ट्राइकिङ तथा रिजर्भ टोली तयारी अवस्थामा राखिने उहाँले उल्लेख गर्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा समन्वय डेक्स तथा खेल हुने सबै स्थानमा सुरक्षा कमाण्ड पोष्ट स्थापना गरिने बताउँदै प्रहरी महानिरीक्षक खनालले खेल अवधिभर सुरक्षाका विशेष संयन्त्र अपनाइने उल्लेख गर्नुभयो ।
खेलकुद अवधिभर ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त व्यवस्थित र सुरक्षित बनाउन उपत्यकावासीसँग महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको अनुरोध सम्बन्धमा समेत उहाँले जानकारी दिनुभयो ।
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...