शब्दमालामा नयाँ संचालक समिति घोषणा 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, पुस ६, २०७६
अष्ट्रेलियामा जन्मे हुर्केका नेपाली बालबालिकाहरु लाई नेपाली भाषा पढ्न लेख्न लेख्न सिकाउने, नेपाली कला संस्कृति, भेष भुषा  र रितिरिवाजको पहिचान दिने उदेश्यले बिगत एक दशक देखि सक्रिय शब्दमाला पाठशालाको २०२०-२०२१ नयाँ  संचालक समिति घोषणा भएको छ ।
 संचालक समितिका अध्यक्षमा अचला तिमिल्सिना, उपाध्यक्ष  प्रबिण श्रेष्ठ, सचिब बिष्णु घिमिरे, प्रबक्ता लिजन मास्के, वित्त अधिकारी गौतम स्थापित,  सह वित्त अधिकारी समिर श्रेष्ठ, शैक्षिक संयोजक मन्जुश्री काराजु, सह शैक्षिक संयोजक सबिन राजभण्डारी, यसै गरि केम्सी शाखा संयोजक कृष घिमिरे र श्याम सैंजु, कर्ल्टन शाखा संयोजक कुमार शाह र तनुजा सिंह, ग्रयानभिल संयोजक मुकेश बुढाथोकी र बिजेन्द्र थपलिया, मकवारीफिल्ड संयोजक राजेश बज्रचार्य र सितु प्रधान, नरम्यानहर्ष्ट संयोजक हरि सापकोटा र अमोष पाण्डे र द पन्ड्स शाखा संयोजकमा किरण भण्डारी र बिजय रेग्मी चयन हुनु भएको छ।