सप्ताहव्यापी रुपमा सहिद दिवसका कार्यक्रम हुने
काठमाडौं- माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहब्यापी रुपमा सहिद दिवसका कार्यक्रम हुने भएको छन् । आज सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो । जसअनुसार माघ १० गते टेकु खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ । माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते शहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते शान्तिबाटिका भेला भएर सुरक्षा निकायको व्याण्ड र सहिदहरुको तस्विर राखिएको बग्गीसहितको प्रभात फेरी सहिद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । सभामा नेपाली सेनाले सहिदको सम्मानमा ‘सम्मान गारद’ अर्पण गर्नेछ । त्यसै दिन मध्यान्न १२ बजे एक तोपको सलामी अर्पण गरिनेछ ।
बैठकमा संयोजक एवं महानगरका प्रमुख शाक्यले प्रशासन बिभागलाई निर्देशन दिँदै भन्नुभयो –बिगतमा सहिद परिवारलाई महानगरले प्रदान गर्ने गरेको सहयोगलाई निरन्तरता दिने प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो । उहाले भन्नुभयो– प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा सहादत हुनु भएका सहिदहरुले प्राणदण्ड पाउनुभएको ठाउँमा पूर्ण कदको प्रतिमा राख्ने हामीले निर्णय गरिसकेका छौं । यस बर्ष ती प्रतिमाहरु प्रतिस्थापन हुनेछन् । उहाले सहिद धर्मभक्त माथेमाको स्मृतिमा वडा २३ ओमबहालमा पार्कको शुभारम्भ हुनेछ भने सहिद गंगालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गंगालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरिने जानकारी दिनुभयो । उहाले भन्नुभयो–सहिद धर्मभक्तका नाममा ‘सहिद धर्मभक्त मानव सेवा आश्रम’ सञ्चालन गर्ने हामीले निर्णय गरिसकेका छौं , बुढानिलकण्ठमा प्रक्रिया शुरु भइसकेको छ ।
बैठकमा बोल्दै कामपाका प्रशासकीय अधिकृत केदार न्यौपानेले सहिद दिवसका कार्यक्रमलाई परम्परा धान्नका लागि मात्र नभइ यसको महत्व झल्काउनुपर्ने बताउनुभयो ।
बैठकले सरसफाइको जिम्मेबारी वातावरण व्यवस्थापन विभागलाई दिइएको छ भने सभा हुने स्थानको मर्मत सम्भार तथा रंगरोगन गर्ने कामको जिम्मेवारी भौतिक पूर्वाधार बिकास बिभागलाई दिइएको छ । कार्यक्रम स्थल तथा प्रभातफेरीको रुट व्यवस्थापनको जिम्मा नगर प्रहरी महाशाखालाई दिइएको छ ।
मुल समारोह समितिको सदस्यहरुमा उपप्र्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, सहसचिव राजेश्वर ज्ञवाली, ४ सहिदले सहादत प्राप्त गर्नुभएको वडाका अध्यक्षहरु (वडा नं. ७, १२, १५ र २६) हुनुहुन्छ । त्यस्तै बिभागीय प्रमुख, आयोजना तथा कार्यक्रम प्रमुख, नेपाली सेना, शशस्त्र प्रहरी, गृह मन्त्रालय, नेपाल स्काउटका प्रतिनिधि समितिको सदस्य हुनुहुन्छ । वि. सं. २०१२ सालदेखि काठमाडौं नगरको संयोजकत्वमा सहिद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...