शुक्रवारदेखि एशिया कप कराँते प्रतियोगिता

काठमाडौं– प्रथम एशिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०२० यही माघ १० र ११ का दिन काठमाडौंमा आयोजना हुने भएको छ ।
उक्त प्रतियोगितामा विशेष आतिथ्यता ग्रहण गर्न विश्व क्योकुशिन कराँते महासंघ, जापानका अध्यक्ष सेइसिन ईवासिता नेपाल आएका छन् । उनीसंगै पााच जना प्रतिनिधि पनि छन् ।
नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजनामा फुल कन्ट्याक्ट करा“तेको विधामा यो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना हुन लागेको हो । प्रतियोगिता सातदोबाटो, ललितपुरस्थित कराँते कभर्ड हलमा सञ्चालन गरिने छ ।
उक्त प्रतियोगितामा नेपाल सहित १५ राष्ट्रका खेलाडी तथा अफिसियलहरु गरी जम्मा ३ सय ५० जनाले सहभागिता जनाउने आयोजक संस्थाले जनाएको छ ।
उक्त प्रतियोगितामा ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी मुनि तथा खुल्ला तौल समुहमा महिला तथा पुरुष गरी जम्मा १४ वटा तौल समुहमा खेल खेलाईने छ ।
प्रतियोगितामा विजेता खेलाडिहरुलाई नगद पुरस्कार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा अहिले सम्मकै ठुलो धन राशीमा पुरस्कारहरु राखिएको उक्त प्रतियोगितामा खुल्ला तौल समुहको स्वर्ण पदक प्राप्त गर्ने महिला तथा पुरुष बिजेता खेलाडीहरुलाई जनही एक लाख रुपैयाा प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
भिजिट नेपाल–२०२० लाई सफल बनाउने उद्देश्य रहेको उक्त खेलकुद प्रतियोगिताको ब्यवस्थापन एनएफएच ईभेन्सले गर्नेछ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...