राष्ट्रियसभाको निर्वाचन आज

काठमाडौं- राष्ट्रिय सभाको एक तिहाइ सदस्यका लागि आज विहीबार सातवटै प्रदेशमा निर्वाचन हुने भएको छ । मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
यस निर्वाचनमा ४५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । त्यसमा महिला समूहतर्फ १६ जना, दलित समूहत
तर्फ ५ जना, अपा·ता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ जना र अन्य समूहतर्फ १९ जना रहेका छन् । प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा ३/३ जनाका दरले जम्मा ९ जना उम्मेदवार रहेका छन् ।
प्रदेश २ मा रिक्त महिला, दलित, अपा·ता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २/२ जनाका दरले ८ जना उम्मेदवार रहेका छन् ।
त्यसै गरी वागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा ३/३ जनाको दरले ६ जना, गण्डकी प्रदेशमा रिक्त महिला समूहतर्फ२ र अन्य समूहतर्फ ३ गरी ५ जना उम्मेदवार रहेका छन् ।
प्रदेश ५ मा रिक्त महिला समूहतर्फ २ जना, अपा·ता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ४ गरी ९ जना, कर्णाली प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाको दरले ४ जना उम्मेदवार रहेका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाका दरले ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचनबाट १८ जना निर्वाचित हुनेछन्। प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीन जना निर्वाचित हुने छन् । प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा चार जना निवार्चित हुनेछन् ।
वागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जना निर्वाचित हुने छन् । त्यसैगरी प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीन जना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुई दुई जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् ।
सातवटा प्रदेशमा प्रदेश सभा सदस्यतर्फका ५ सय ५० र स्थानीय तह सदस्यतर्फ १ हजार ५ सय ६ गरी कुल २ सय ५६ जना मतदाता रहेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ अनुसार प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ ।
सात प्रदेशका उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा मतदान स्थल तोकिएको छ। प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २ सय ८४ गरी ३ सय ६७ जना मतदाता रहेका छन् ।
प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवनमा मतदान स्थल तोकिएको छ । यस केन्द्रमा प्रदेश सभा सदस्यतर्फ १ सय ७ र स्थानीय तह सदस्यतर्फ २ सय ७२ गरी ३ सय ७९ जना मतदाता रहेका छन् । बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडा समितिको भवन जावलाखेलमा मतदान स्थल तोकिएको छ ।
प्रदेश सभा सदस्यतर्फ १ सय १० र स्थानीय तह सदस्यतर्फ २ सय ३८ गरी ३ सय ४८ जना मतदाता रहेका छन् ।
यसै गरी गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकिएको छ ।
यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ १ सय ७० गरी २ सय ३० जना मतदाता रहेका छन्। प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २ सय १८ गरी ३ सय ५ जना मतदाता रहेका छन् ।
कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ४० र स्थानीय तह सदस्यतर्फ १ सय ५८ गरी १ सय ९८ जना मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १ सय ७६ गरी २ सय २९ जना मतदाता रहेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान कार्य हुने भएकाले समयमै मतदान गर्न आग्रह गर्नुभयो।
मतदानका लागि प्रदेश सभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह रहेको मतपत्र रहेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गराएकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ वटा राजनीतिक दलले यस निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
यसैबीच आयोगले बुधबार पत्रकार भेटघाटको आयोजना गरी राष्ट्रिय सभा सदस्य निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न गराउन सहयोगको निम्ति आग्रह गरेको छ ।
निर्वाचनका लागि सुरक्षा प्रबन्ध प्रभावकारी बनाइएको पनि आयोगले जनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशभित्रका प्रदेश सभा सदस्यहरू तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदानका लागि बुधबार साँझसम्म पुगी सक्ने जानकारी प्राप्त भएको छ ।
बाह्य जिल्लाबाट आउने मतदाताहरूको आवागमन मार्ग तथा आवासीय स्थानहरूमा सुरक्षाको सूक्ष्म निगरानीको प्रबन्ध मिलाई सकिएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



