सम्पर्कविहिन भनिएकी उममेयर नेपालीको यस्तो प्रस्टीकरण
काठमाडौं- गोष्ठीमा सहभागी हुन अमेरीका पुगेर सम्पर्कविहिन भएकी कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना)ले बिरामी परेका कारण आफू नेपाल फर्कन नपाएकाे बताएकी छन् ।
दर्शनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्, ‘म हराएको पनि छैन, लुकेको पनि छैन । मेयर रत्न शाहीजीलाई जानकारी नदिएर पनि अमेरिका आएको हैन । उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हुँ ।’
मेयर शाहीलाई जानकारी दिन आफूले पटक पटक फोन सम्पर्क गर्न खोजे पनि फोन नउठेको नेपालीले बताएकी छन् । उनले लेखेकी छन, ‘अमेरिकाबाट बार बार मेयरलाई फोन गर्दा उहाँको फोन कहिल्यै पनि उठेन । प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालजीसँग पनि कुरा भएको हो । वडा अध्यक्ष ज्युहरुसँग पनि कुरा भएको हो । कतैबाट कुनै प्रतिक्रिया आएन,’ ।
विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकरात्मक समाचार र भ्रमणहरु आएको उल्लेख गर्दै उनले धनेकी छन् ,’ मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला’।
नेपालीले आफू भारतीय मूलकी डाक्टर अञ्जीर कुमारसँग उपचाररत रहेको बताएकी छन् । यस्तै, उपचारका लागि अझै ५ महिना लाग्ने नेपलीले जनाएकी छन् ।
नेपालीले भनेकी छन्,’ कृपया मलाई बाँच्न दिनुहोस् । आफू निको नभइ म कसरी अरुको सेवा गर्न सक्छु ?’
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...