कोभिड लडाईमा अग्रपंक्तिका सिपाहीहरु
बिज्ञान, प्रबिधि र आधुनिक चिकित्सा क्षेत्र हारेको यो बखत अझै पनि ठूलो हिम्मत आशा र भरोशाका साथ अग्र पंक्तिमा रहेर बिरामीको उपचार र रेखदेखमा खट्ने डाक्टर, नर्स एवं अघिल्लो लाइनमा रहेर सेवा पुराइरहने सबै धन्यवादको पात्र छन् । कोभिडको पहिलो असर देखिए पछिका अन्यौलता कै बीच आठ महिना बितिसकेका छन् । यो बीचमा यी शब्दहरु लेख्दै गर्दा र अष्ट्रेलियामा ५२५ जना र नेपालमा १८३ जनाले अकालमा ज्यान गुमाई सकेका छन् भने बिश्व आँकडा हेर्दा करिब आठ लाख ३० हजार जनाले कोरनाका कारण मृत्यु भएको देखिन्छ ।
यो डर लाग्दो परिस्थितिमा आफ्नो ज्यानको बाजी लगाएर बिरामीको उपचारमा दत्तचित्त रहेका डाक्टर नर्स लगायत आघिल्लो पंक्तिमा रहेर खटिरहेका ठूलो संख्याका स्वास्थकर्मीहरु पनि यति बेला कोरना भाइरसको सक्रमणको शिकार भएका छन् । उनीहरु रहरले होइन कर्तब्य निभाउँदा निभाउँदै सक्रमणका शिकार भएका हुन् एकातिर यो अप्ठ्यारो परिस्थितिमा आफूलाई उच्च मनोबल सहित बिरामीको उपचारमा लगाउनु पर्ने चुनौती उनीहरु माझ छ भने उति नै बेला समुदायबाट सक्रमित वा रोग करियरको रुपमा केहि लहडी व्यक्तिको घोषित अघोषित तिरस्कार घृणाको शिकार बनाएका घटनाहरु यति बेला सर्बत्र चासोको बिषय बनेको छ ।
केहि हप्ता अगाडि सिड्नीमा कामबाट फर्की रहेकी एक जना नर्सलाई पब्लिक ट्रान्सपोर्टमा भएको भर्बल ह्यारेसमेन्ट होस् वा किनमेलको लागि टेक वे पसल अगाडि लामबद्ध स्वास्थकर्मीलाई कोरना सार्ने व्यक्ति भनेर कसैले चर्को स्वरमा लागेको आरोप वा टिप्पणी होस् । यी र यस्ता धेरै कुराले स्वास्थकर्मीको मनोबल झन् घटेको छ, जुन कुरा बिकसित भनिएका देशदेखि नेपालसम्म पनि छ । नेपालमा केहि हप्ता अगाडि सामाजिक संजालमा एक जनप्रतिनिधि कै रोहबरमा घरमा आइसोलेसनमा बसी रहेका डाक्टरको घर मै पुगेर कोरना सक्रमितको घर र सचेत रहौं भन्ने खालको ब्यानर टाँस्न जाने हुल होस् या डाक्टर नर्सलाई घर भाडामा नदिने, बसी रहेकाहरु लाई घर छोड्न भन्ने वा कोरना नेगेटिभको रिपोर्ट देखाउन भन्ने जस्ता घटना हामीले पत्र पत्रिकामा पढ्यौं ।
अष्ट्रेलियाको हकमा हेर्दा ठ्याकै त्यहि रुपमै न भए पनि धेरै स्वस्थकर्मीहरु यति बेला चिनिने गरि पोशाक लगाएर हिड्न वा पहिचान खुल्ने गरि बाहिर निस्कन असहज मानेका घटनाहरु बाहिर आइरहेका छन् । जुन पक्कै दुःखदायी पाटो हो । अष्ट्रेलियाको कुरा गर्नु पर्दा यहाँ कोभिड–१९ को सक्रमण तुलनात्मक रुपमा एकदमै कन्ट्रोलमा देखिन्छ, अन्य शहरहरु मा स्थिति केहि सहज भए पनि गएका केहि हप्ता मेलबर्नको स्थिति सामान्य रहेन । भिक्टोरिया राज्य सरकारले त्यहाँ अत्याबश्यक काम बाहेक बाहिर निस्कन बन्देज गर्यो भने राजधानी मेलबर्नमा त निषेधाज्ञा नै जारि गरेको छ । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि त्यहाँका स्वास्थकर्मीहरु ले आफुलाई नियमित रुपमै प्रस्तुत गर्दै नियमित कार्यमा जुटी रहेका छन् । अगाडि आएको कुनै पनि बिरामीलाई कुनै पनि कारणले भेदभाब गर्ने कुरा भएन र कुनै पनि स्वास्थकर्मीले त्यो गरेका पनि छैनन् । कर्तब्य निभाउँदा निभाउँदै यति बेला अष्ट्रेलिया भर ७०० भन्दा धेरै स्वास्थकर्मीहरु कोभिड–१९ बाट संक्रमित भएको कुरा सरकारी तथ्यांकले देखाउँछ । त्यो संख्या यतिबेलासम्म धेरै बढी सकेको हुनु पर्छ । पछिल्लो समय भिक्टोरियामा देखिएको दोश्रो चरणको भनिएको सक्रमणको स्थिति हेर्दा पक्कै पनि अन्य स्टेटहरु मा भन्दा भिक्टोरियामा धेरै डाक्टर र नर्सहरु कोभिडबाट सक्रमित रहेको कुरामा दुई मत रहेन ।
उपस्थितिको हिसाबले अष्ट्रेलियामा नेपालीहरु सानो तर बढ्दै गएको प्रबासी समुदायको रुपमा लिईन्छ । बढ्दै गएको हाम्रो समुदायमा धेरै भन्दा धेरै जनशक्ति यति बेला पनि स्वास्थकर्मीको रुपमा कार्यरत छन् । विद्यार्थी कै रुपमा हुँदादेखि नै ठूलो संख्यामा एसिस्टेन्ट नर्सिङ्गको रुपमा कार्यरत नेपालीहरु, उत्तिकै मात्रमा रजिस्टर्ड नर्सको रुपमा पनि कार्यरतहरु र पछिल्लो समय यहाँ डाक्टरको रुपमा जीपी वा हस्पिटलमा काम गर्ने नेपाली जनशक्ति पनि उल्लेखेनीय नै छन् । त्यस हिसाबले पनि आहिलेको यो विषम परिस्थितिमा स्वास्थ क्षेत्रमा सेवारत नेपालीहरु को संख्या यति नै भएको यकिन नभए पनि उल्लेखनीय नै रहेको अनुमान गर्न सकिन्छ । व्यक्तिगत वा प्राइभेसी कानुनलाई सम्मान गर्दै कति घटनाहरु बाहिर ल्याउनु हुँदैन तै पनि स्वतःस्फूर्त रुपमा कोभिड सक्रमणको बारेमा पनि नेपाली मूलका स्वास्थकर्मीहरु आफ्ना अनुभब शेयर गरि सकेका छन् । नेपालीहरु को ठूलो संख्या नर्सिङ्ग होममा कार्यरत छन् र यति बेला मेलबर्नको पछिल्लो घटना हेर्दा सक्रमणको हटस्पट नै देखिन्छ । अनि अष्ट्रेलिया भर कै नर्सिङ्ग होमहरु उच्च सतर्कतामा राखेको पाइन्छ । पछिल्लो समय अष्ट्रेलियाका एज्ड कियर मन्त्रीले नर्सिङ्ग होममा संक्रमितको संख्याको तथ्यांक प्रष्ट रुपमा भन्न नसक्दा सार्बजनिक रुपमै माफि मागेको कुराले पनि यसमा हुन सक्ने थप र बढ्दो सक्रमणको पूर्ब अनुमान लगाउन निकै गार्हो छ । त्यस कारण पनि ठूलो संख्यामा नर्सिङ्ग होममा कार्यरत धेरै नेपालीहरु यति उच्च संक्रमणको जोखिममा छन् । पक्कै पनि यो अप्ठ्यारो स्थतिमा सेवाबाट बिमुख हुन त भएन नै तर सतर्क रहेर, होसियारी पूर्बक काम गर्नु भने अति आवश्यक छ ।
फेरि पनि घर परिवारको समस्या र स्वास्थको चिन्तालाई पर राख्दै आफ्नो स्वास्थलाई समेत खतरामा राखेर अरुको स्वास्थ्य उपचारको लागि तन मनले समर्पित विश्व भरका सबै स्वास्थ्यकर्मीहरु लाई उच्च सम्मान गर्ने, उनीहरु प्रति आभारी हुने बेला हो, यस्तो विषम परिस्थितिमा आफू घर भित्र रहेर भगवान स्वरुप मैदानमा खटेकाहरु प्रति लाञ्छना लगाउने कार्यलाई मानबीय कार्य भन्न पक्कै मिल्दैन । यो अप्ठ्यारो परिस्थितिमा जति उनीहरुको मनोबल बढाउन सके उति समुदायले फाइदा लिन सक्छ ।
अन्त्यमा, पक्कै पनि अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरु संक्रमित हुनु नौलो कुरा होइन किनकि उनीहरुले जोखिम मोलेर बिरामीको सेवा गरिरहेका छन् कतै म पनि संक्रमित त हुँदिन भन्ने रत्ति भर सोच आयो भने उनीहरुको सेवा भावमा पक्कै कमि आउँछ । एकैछिन् कल्पना गरौँ त कुनै बेला स्वास्थ्यकर्मीहरुले हामीहरु काम गर्दैनौं भनेर छोडिदिए भने त्यो बेला अस्पताल त हुन्छ, नर्सिङ्ग होम त हुन्छ, स्वास्थ्यकर्मी हुँदैनन् । त्यसैले मानव सभ्यता, आधुनिक बिज्ञान र चिकित्सा युद्ध हारेको सैनिक जस्तो बनेको यो समयमा कोभिड–१९ बिरुद्धको यो युद्धलाई स्वास्थ्यकर्मीले थेगेका छन्, उनीहरु नै यति बेलाको कोभिड लडाईका सिपाहीहरु हुन् । आऔं हामी सबै आ–आफ्नो ठाउँबाट यो अप्ठ्यारो स्थितिसंग जुध्न हातेमालो गरौं र सबै स्वस्थकर्मीप्रति उच्च सम्मान प्रकट गरौं ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
Kann dein Verbindung Dysfunktionell fantastisch? Plain ol ‘beeinträchtigt Verbindungen...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...