युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन

बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको ५ र १० अगस्टमा लण्डनमा बसेको बैठकले संयुक्त अधिराज्यको हाउस अफ लडर्सका सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । फोरमको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्र जंग लामिछाने रहनु भएको छ भने महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहनु भएको छ । फोरमको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी हुनुहुन्छ । उक्त फोरमको उद्घाटन सभामा बोल्नुहुादै राजदूत डा.सुवेदीले आर्थिक विकासको लागि नेपाल सरकारले लगानी मैत्री नीति कार्यान्वयन गरिरहेको र नवगठित युके(नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवर्धनमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । समारोहलाई सम्बोधन गर्नु हुँदै मञ्चका नवनिर्वाचित अध्यक्ष लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन प्रतिवद्ध रहने बताउनु भयो । लर्ड शेखले लण्डन अन्तर्राष्ट्रिय व्यापार र लगानीको प्रमुख केन्द्र रहेको भन्नुहुादै नवगठित मञ्चद्धारा नेपालका व्यवसायीहरुको सम्पर्क र सम्बन्ध बेलायतीसहित अन्तर्राष्ट्रिय व्यापारी र उद्यमीहरुसाग गराउादै नेपाल सरकारको व्यापार, वाणिज्य तथा लगानी सम्बन्धी नीति तथा कार्यक्रमहरु बेलायतका व्यवसायी र लगानीकर्तासम्म पुर्याउने कार्यमा यो मञ्च प्रयत्नशील रहने प्रष्ट गर्नुभयो । मञ्चले सेप्टेम्बरको तेश्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रम गर्नेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...