राजदूतावासका लागि ओमानमा सम्झौता

नेपाली राजदूतावास ओमान तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल र ओमान सरकारबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा अगष्ट २५ का दिन हस्ताक्षर भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा त्यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाली दूतावास भएका देशमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीतिबमोजिम राजधानी मस्कटमा भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको जनाइएको छ । ओमानका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबी र नेपाल सरकारका तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौतानुरूप ओमानको कूटनीतिक हाताभित्र चार हजार १०० वर्गमिटर क्षेत्रफलको जग्गा २० वर्षलाई भाडामा लिइएको छ । उक्त अवधिपछि आपसी सहमतिमा सम्झौताको अवधि बढाइने जनाइएको छ । स्ताक्षर कार्यक्रमपछि भएको भेटमा सचिव मोहम्मद विन नासिरले नेपाललगायत सम्पूर्ण मुलुकसाग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको र नेपालसागको सम्बन्धको विशेष महत्व रहेको बताउनुभयो । त्यस अवसरमा उहाँहरुले नेपाल ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटनलगायत क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउादै लानुपर्ने धारणा राख्नुभयो । खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदै आएको छ । क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दै आइरहेको छ । समग्र खाडी क्षेत्रमै ओमानको उपस्थिति शान्तिप्रेमी राष्ट्रका रूपमा छ । ओमानको खाडी र हर्मुज स्ट्रेटजस्तो रणनीतिक तथा व्यापारिक मार्गसाग प्रत्यक्ष सरोकार राख्ने ओमानको भविष्यगत रणनीति र दीर्घकालीन योजनाले पनि ऊसागको दीर्घकालीन सुमधुर सम्बन्ध स्थापित गर्नु नेपालका लागि सामरिक तथा रणनीतिक हिसाबले महत्वपूर्ण हुने राजदूतावासले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



