कविता : जीवनको गीत

जसरी साना नानीहरूलाई
नयाँ पुस्तक प्रिय लाग्छ
जसरी चैतमासको खडेरीमा
तातो हावा ओकल्दै
हर वनस्पतिमा अङ्कुराउछन् नयाँ पालुवा
जसरी दुःखकै कथा सुनाउन
दुखिरहन्छन गाईनेदाईको सारङ्गी
थाहा हुँदैन नानीहरूलाई
नयाँ पुस्तकका सुन्दर तस्वीर भित्र
कति अफ्ठेरा अफ्ठेरा गृहकार्य छन् भनेर
थाहा हुँदैन ती कोमल पिपिराहरूलाई
संधै सितलता वर्षाईरहने जूनको जंगलमा
राईफलका गोलि जस्ता चोटिला असिना र
बेमौसमी तुफानहरूपनि छ भनेर
थाहा हुँदैन सारङ्गीलाई आफ्नो धुनले जति मन छोएपनि
रगेटिरहने तार चुडेपछि कसैलेपनि उसलाई छुने छैन भनेर
त्यसैगरि
तिम्रा हरकोहि सपनामा ठेस लाग्यो भने
एक पटक आमा सम्झनु
एक पटक धर्ती सम्झनु
एक पटक जीवन सम्झनु
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...