बगरकाे मन

घरमा एक हुल बच्चाहरू पाहुना आएका छन् । मानौं कि आज बगरको घरमा कुनै भोज भतेर हुनेवाला छ । वास्तविकता भने अर्कै भैदिन्छ । छिमेकी किनारको घर बाढी पसेर जलमग्न बनेदेखि किनारको घरमा डर, त्रास र अशान्ति छाएको छ । कतिखेर घर बग्ने हो भन्ने चिन्ताका माझ सुरक्षित रहुन् भनि बच्चालाई बगरको घरमा पठाएर किनार र उस्की श्रीमती कतै अग्लो ठाउँमा बसेर बाढी घट्ने प्रतीक्षामा छन् ।
बच्चाहरूको मुखबाट आफ्नो घरमा बाढी पसेको कुरा सुनेर बगरका बुढाबुढीको मनमा अरू दया जागेर आयो र उनीहरूका बाबुआमालाई पनि यतै बोलाएर ल्याउन भनियो । बाबु बगरले माने पनि उस्की श्रीमतीले मानिन । ऊ आफूलाई छिमेकी सुख्खा बगर भन्दा सधैँ रसिलो, पोसिलो र हुनेखाने ठान्दथी । यही अहमका कारण बगरका परिवार नदी किनारमा कपडा धुन र नुहाउन आएको उसलाई कत्ति मन पर्दैनथ्यो । तै पनि एकै कुवाका भ्यागुता भनेझैँ एकै नदीका बगर र किनार त सधैँ मिल्नुपर्छ । के थाहा किनारमा आउने बाढी भोलि बगरसम्म नपुग्ला भन्न सकिन्न । एक आपसमा सहयोगी भावना हुनुपर्छ भनि सधैँ सकरात्मक सोच राख्थे बगर र उसकी श्रीमती ।
लगातारको वर्षा बल्लतल्ल चार दिनपछि मत्थर हुँदै गयो र पानीको मात्रा घटेपछि हस्याङ फस्याङ गर्दै आफ्ना बच्चाहरू लिएर घरतिर फर्की किनारकी श्रीमती । बगरको परिवारले लगाएको गुन र सद्भाबका लागि धन्यवादसम्म भन्न भ्याईन उसले ।
सिक्काको दुई पाटा भनेझैँ सुख पछि दुःख अझ भनौँ दिन पछि रात जस्तै वर्षा पछि हिउँदे खडेरी मौसमका कारण बगरको घरमा गर्मीको धूप यति बढ्यो कि बसिसाध्यै भएन । बगरले आफ्ना छोराछोरीलाई किनारको शीतल घरमा बस्न पठाए । उनीहरूलाई देखेर किनार खुसी हुँदै उनीहरूलाई आफ्ना बच्चा सरह माया र प्यार बाड्न थाल्यो । जुन कुरा उसकी श्रीमतीलाई एकरत्ति मन परेको थिएन । अर्काको मुख चाटेर मुखभरी रौँ भनेजस्तो, कम छे त्यो बगरकी श्रीमती सक्दिन म यो महँङीमा अर्काका चिल्कटा स्याहार्न । यस्तै यस्तै भन्दै फतफताई रहेकी श्रीमतीलाई सम्झाउँदै किनार भन्दै थिए, बिर्स्यौ बर्खाको बाढी र उनीहरूले लगाएको गुन । उनी थप्दैथिइन्, भो छोड त्यो त्यस्को लोलोपोतो मात्र हो ।
यी सबै कुरा सुनेर बगरका बच्चाहरू सुतिरहेको समयमा सुटुक्क भागेर आफ्नो घर आए र सबै कुरा बाबुआमालाई सुनाए । उनीहरूले ठिकै छ गर्मी दुईचार दिनमा कसो नहट्ला । म व्यवस्था मिलाउँछु भने बाबु बगरले र आमाले पनि उसै भनिन् ।
भोलिपल्ट बिहानै ढोका खोल्दा पिँढीमा किनारका बुढाबुढी निन्याउरो मुख लगाएर बसेका देखेर बगरकी श्रीमतीले भनिन् भित्रै हिँड्नुस् न किन बाहिर बस्नु भाको भन्दा किनारका बुढाबुढी दुबैले उनको खुट्टा समाउँदै भने हामीलाई माफ गरिदिनुस् हामी एकै कुवाको भ्यागुता नमिलेर सुखै छैन । अब त्यो घर तपाईंहरूको पनि अनि यो घर हाम्रो पनि भने । यस्तो मिलनको कुरा सुनेर बगरका बच्चाहरू किनारतिर दगुरे ।
लाग्थ्यो मौसमी तापक्रम नघटेपनि सद्भावको दूरी कम भएको होस् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



