संक्रमणिय रोगको जोखिममा आप्रवासी नागरिक

अष्ट्रेलियामा संक्रमणिय एवं सरुवा रोगहरू मुलत: आप्रवासीहरूको बसाइसराई एवं नागरिकहरूको विदेश भ्रमणबाट सर्ने गर्दछ । विशेष त अल्प विकशित राष्ट्रहरूमा यात्रा गर्दा यस्ता रोगहरू सर्ने जोखिम उच्च रहेको अनुसन्धानले देखाएको छ । यी रोगहरू मुख्यत दुषित खाना तथा पेय पदार्थको सेवन, लामखुट्टे एवं जनावरहरूको टोकाई, स्वासप्रस्वास र खोकीबाट छिटो फैलने गरेको पाइन्छ ।
उदाहरणका लागि गत वर्षको क्रिसमसको विदामा आफन्तको विवाहमा सामेल हुन नेपाल भ्रमण गएकी एउटा नेपाली महिला अष्ट्रेलिया फर्केपछि विमारी भइन र उनको स्वास्थ्य परिक्षणबाट टाइफाइड भएको प्रमाणित भयो । जुन उनलाई विहे भोजको दुषित खाना र पेय पदार्थको सेवनले गर्दा भएको थियो । यसरी आफ्नो मातृभूमि भनेर खानेकुरा जथाभावी खाने र रोग रोकथामका विषयमा सयमता नअपनाउँदा वर्षेनी नेपाल, भारत र वंगलादेश लगायत अन्य दक्षिणपूर्वी राष्ट्रहरूबाट आफन्त भेटघाट गरी फर्कने आप्रवासी अष्ट्रेलियन नागरिकहरूमा संक्रमण बढ्दो रुपमा रहेको छ ।
तसर्थ यहाँको स्वास्थ्य विभागले उच्च सतर्कताका साथ त्यस्ता विरामीहरूलाई विशेष निगरानीमा राखी उपचार गर्ने गर्दछ । साथै रोगहरू रोकथामका लागि यात्रा गर्दा अप्नाउनु पर्ने सावधानीहरूको बारेमा र अत्यावस्यक शुईहरूको बारेमा नागरिकलाई के कसरी जानकारी गराउन सकिन्छ भनेर अनुसन्धान पनि गर्ने गर्दछ । साथसाथै आवश्यक स्वास्थ्य नीति निर्माणको तर्जुमा गर्दछ ।
यसै सन्दर्भमा दक्षिण एशियाली देशहरूमा आफन्त भेटघाटका लागि यात्रा गर्दा अष्ट्रेलियाका आप्रबासी एवं नागरिकहरूले के कस्ता संयमता र रोकथामका विधी अपनाउँछन् भनेर युनिभर्सिटी अफ न्यु साउथवेल्स का शोधकर्ताहरूले एक अध्ययन थालेका छन् । यस अध्ययनमा सहभागी हुन तल दिइएको इन्टरनेट लिंकको विवरण आफ्नो कम्प्युटर वा फोनमा टाइप गरी सर्वे पूरा गर्न सक्नु हुन्छ ।
https://www.surveymonkey.com/r/TBY8657
टाइफाइडको बारेमा जानकारी
टाइफाईड एक प्रकारको व्याक्टेरियाको संक्रमणबाट हुने रोग हो । जुन दुसित खाना वा पेय पदार्थबाट सर्ने गर्दछ । यसका लक्षणहरू ज्वरो, टाउको दुख्ने, खानामा अरुची, झाडापखला इत्यादि हुन् । यसको उपचार उचित एन्टिवायोटिक औषधी सेवनबाट हुन्छ ।
- टाइफाइडका रोकथामका उपायहरू
- टाइफाईको संकमण बढी मात्रामा हुने देशहरूको भ्रमणमा जानुभन्दा दुई हप्ता अगाडि टाइफाइडको सुई लगाउने जसले तीन वर्षसम्म संक्रमणबाट सुरक्षित गर्दछ ।
- शौचालय गए पछि र खाना खानु अघि अनिवार्य हात साबुन पानीले सफा गर्ने गर्नु पर्दछ ।
- राम्ररी नपाकेको खाना, राम्ररी नपखालिएको फलफूल तरकारी खानु हुँदैन । अथवा बाहिरको बाहिरको बोक्रा फालेर मात्र खाने गर्नुपर्दछ ।
- बोटलमा शील भएको पानी वा उमालेको पानी मात्र खाने गर्नु पर्दछ ।
- निर्मलिकरण नभएको पानी र वरफ वा अन्य पेय पदार्थ मिसाइएको पानी खानु हुँदैन ।
- बाटोमा वा खुल्ला रुपमा बेचिएका खाने कुराहरू खानु हुँदैन ।
- पकाइएका खानाहरू तातो अवस्थामा भए मात्र खाने गर्नुपर्दछ ।
- टाइफाइड लागेका विरामीहरूको संसर्गबाट बच्नुपर्दछ ।
संक्रमणित एवं सरुवा रोगहरू
दुषित खाना तथा पेय पदार्थको सेवनबाट हुने :
Typhoid, Paratyphoid, Hepatitis A, Hepatitis E आदि
लामखुट्टे र जनावरको टोकाइबाट सर्ने :
Malaria, Dengue, Japanes encephelitis, Chikungunya, Rabies आदि ।
श्वासप्रश्वास वा खोकीबाट सर्ने :
Inflvenza, Measles, Woophing, Cough, Tuberculosis आदि ।
रगत र अशुरक्षित यौन सम्पर्कबाट सर्ने :
HIV, Hapatitis B आदि ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



