जलवायु परिवर्तन असर न्यून गर्ने प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न सधैँ प्रतिबद्ध रहेको बताउनु भएको छ ।
त्यसका लागि हरित यात्रामा एकसाथ अगाडि बढ्न नेपालले सबै मुलुकको साथ अपेक्षा गरेको औँल्याउँदै भन्नुभयो- ‘हामी जलवायु उत्थानशील विकासको प्रवद्र्धन गर्न प्रतिबद्ध छौं र कार्बन–शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौं ।’
जलवायु सम्मेलनलाई सम्बोधन गर्नुहुँदै हरित वृद्धि र हरित पुनरुत्थान प्रवद्र्धन गर्न नेपालले सफा तथा नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिएको बताउनुुभयो ।
विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवद्र्धनमा जोड दिएको अनुभव साट्नुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ ले कोप–२६ स्थगित गर्न बाध्य तुल्याए पनि सफा एवं हरित धर्ती निर्माण सम्बन्धी अभियान स्थगित हुन नसक्ने औँल्याउनुभयो ।
उहाँले पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन नेपालले गरेको स्पष्ट पार्नुभयो ।
सम्मेलन आयोजक राष्ट्र चिली, फ्रान्स, इटाली, बेलायतसहित तथा संयुक्त राष्ट्रसङ्घीय नेतृत्वको उहाँले सराहना गर्नुभयो ।
नेपालले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३५ बाट ३०५ पुर्याउने र जैविक विविधताको जगेर्ना गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय सन्तुलन कायम राख्न हिमालको महिमा बोध गर्न म विश्वलाई आग्रह गर्दछु भन्नुभयो ।
नेपालले यसै वर्षको अन्त्य सम्ममा परिष्कृत नेपालको आफ्नो राष्ट्रिय प्रतिबद्धता र योगदान सहितको प्रतिवेदन (एनडीसी) प्रस्तुत गर्ने र सन् २०५० भित्र शून्य प्रायः कार्बन उत्सर्जनको अवस्थामा पुग्ने महìवाकाङ्क्षी दीर्घकालीन रणनीति तर्जुमा गर्ने तयारीमा रहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
त्यस्तै उहाँका अनुसार सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं जलवायु वित्त रणनीति र मार्गचित्रको निर्माणमा समेत अग्रसर रहेको छ ।
सन् २०३० सम्ममा नेपालले सबै ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
यी महत्वाकांक्षा पूरा गर्न नेपाललाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक रहेकाले
त्यो सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



