साताको साहित्य पुरस्कार कवि  मनोज बिश्वकर्मालाई 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस १५, २०७७
अष्ट्रेलियाबाट संचालित “साताको साहित्य डट कम”  मा बर्ष भरि प्रकाशित रचनाहरु बाट उत्कृष्ट एक रचनालाई पुरस्कृत गर्दै आइरहेकोमा यस बर्ष आफ्नो वेभसाइटमा प्रकाशित रचनाहरु मध्ये उत्कृष्ट कवि  मनोज बिश्वकर्मको कविता  ‘सम्झनाको जंगल’लाई  उत्कृष्ट रचनाको रुपमा पुरस्कृत गरेको छ।
यस बर्ष गत अगष्ट २०१९ देखि जुलाई २०२० सम्म प्रकाशित भएका रचनाहरू मध्येबाट पाठकहरू को प्रतिक्रिया र निर्णायकहरू को निर्णयको आधारमा कवि  बिश्वकर्माको कविता छनोट भएको साताको साहित्य डट कमका सम्पादक निष्प्रभ सजीले एक प्रेश बिज्ञप्ति जारि गरि जनाएका छन् । सजीका अनुसार बर्ष भरि प्रकाशित तीन उत्कृष्ट रचनाहरू एक साता अघि सार्वजनिक गरिएका थिए। जसमा अन्य दुई उत्कृष्ट रचनाहरु शरद पोख्रेलको कविता ‘भाइरस विद्रोह’ र निरज दाहालको कविता ‘म मरे भनेँ’ छानिएका थिए । तत्पश्चात्, निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी) ले बहुमतका आधारमा ‘सम्झनाको जंगल ’ कवितालाई चयन गरेका हुन् ।
कविलाई केहि साता पछाडी नेपालमा एक समारोह बीच पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नुहुने छ । साताको साहित्य पुरस्कारको थालनी नौ बर्ष अघि देखि गरिएको हो । यस अघि  सीता तुम्खेवा, नवीन प्यासी, पोल्लास सिन्धुलिय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरु पुरस्कृत भैसकेका छन् ।