कम्बोडियामा पानीको हाहाकार

कम्बोडियाका २५ मध्ये १८ प्रान्तमा खडेरीका कारण पानीको हाहाकार भएपछि सरकारले ट्रक तथा ट्याङ्करबाट खानेपानी आपूर्ति गर्ने प्रबन्ध मिलाएको छ । राष्ट्रिय प्राकृतिक प्रकोप नियन्त्रण केन्द्रका अनुसार सरकारी अधिकारीसहितका स्वयंसेवक टोलीले प्रभावित क्षेत्रमा पानीको संकट समाधान गर्न आफ्ना सेवालाई सघन बनाएका छन् । १८ प्रान्तका केही जिल्लामा कुवा तथा इनार सुकेपछि लाखौं मानिसलाई पानीको संकट परेको केन्द्रका प्रवक्ता किओ भाईले बताएका छन् । उनले यस वर्षको खडेरीले ४० वर्ष यताकै सबैभन्दा संकट उत्पन्न गराएको उल्लेख गरेका छन् । कम्बोडियाका केही राज्यमा तापमान ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गत सातामात्र टनले छमर लेकमा ६५ टन माछा खडेरीका कारण मरेका थिए । एलनिनोको कारण खडेरी आगामी जुलाईसम्म यथावत रहने कम्बोडियाली जलवायु तथा मौसम विभागले बताएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...