भारतमा भिषण खडेरी
भारतको ठूलो हिस्सामा तापक्रम ४० डिग्री सेल्सियस नाघिसकेका विवरणमाझ देशैभर सुख्खा र खडेरीको समस्या बढिरहेको छ । अहिले पानीको संकट भोगिरहेका केही राज्यले आफ्ना प्रतिवेदनहरू दिई नसकेकोले यो संख्या अझै बढ्न सक्छ । पश्चिमी राज्य महाराष्ट्रको एक गाउँमा इनारबाट पानी तान्ने क्रममा प्रचण्ड गर्मीका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ । भारत पानीका लागि मनसुनी वर्षामा निर्भर रहने गर्दछ तर विगत दुई वर्षदेखि मनसुन कमजोर भएर पानी कम परेको छ । अहिले भारतका २ सय ५६ जिल्लामा देशको करिव एक चौथाइ जनसंख्या सुख्खा र खडेरीबाट ग्रस्त छ । पूर्वी राज्य उडिसामा विद्यालयहरू बन्द गरिएका छन् । तेलांगाना र आन्द्र प्रदेश राज्यमा गएको गर्मी याममा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । अहिले भारतभर प्रचण्ड गर्मीका कारण यो वर्ष एक सय जनाभन्दा बढीको ज्यान गइसकेको छ । इन्डियन प्रिमियर लिग क्रिकेट खेलको तयारी गरिरहेको महाराष्ट्रले पानी अभावका कारण १३ वटा म्याच अन्तै सारिसकेको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...