भारतमा भिषण खडेरी

भारतको ठूलो हिस्सामा तापक्रम ४० डिग्री सेल्सियस नाघिसकेका विवरणमाझ देशैभर सुख्खा र खडेरीको समस्या बढिरहेको छ । अहिले पानीको संकट भोगिरहेका केही राज्यले आफ्ना प्रतिवेदनहरू दिई नसकेकोले यो संख्या अझै बढ्न सक्छ । पश्चिमी राज्य महाराष्ट्रको एक गाउँमा इनारबाट पानी तान्ने क्रममा प्रचण्ड गर्मीका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ । भारत पानीका लागि मनसुनी वर्षामा निर्भर रहने गर्दछ तर विगत दुई वर्षदेखि मनसुन कमजोर भएर पानी कम परेको छ । अहिले भारतका २ सय ५६ जिल्लामा देशको करिव एक चौथाइ जनसंख्या सुख्खा र खडेरीबाट ग्रस्त छ । पूर्वी राज्य उडिसामा विद्यालयहरू बन्द गरिएका छन् । तेलांगाना र आन्द्र प्रदेश राज्यमा गएको गर्मी याममा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । अहिले भारतभर प्रचण्ड गर्मीका कारण यो वर्ष एक सय जनाभन्दा बढीको ज्यान गइसकेको छ । इन्डियन प्रिमियर लिग क्रिकेट खेलको तयारी गरिरहेको महाराष्ट्रले पानी अभावका कारण १३ वटा म्याच अन्तै सारिसकेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...