अमेरिकाको ईयू चेतावनी

युरोपेली संघ (ईयू) बाट बाहिरिए बेलायतलाई अमेरिकासंग व्यापार सम्झौता गर्न १० वर्ष लाग्ने राष्ट्रपति बाराक ओबामाले चेतावनी दिएका छन् । बेलायत भ्रमणमा रहेका ओबामाले बीबीसीलाई दिएको अन्तर्वार्तामा ‘कुनै कुरा पाउनुभन्दा अगावै अहिलेबाट पाँच वर्ष अथवा १० वर्ष बित्न सक्ने चेतावनी दिएका हुन् । ओबामाले बेलायतले ईयू छाडे विश्वव्यापी रूपमा यसको प्रभावसमेत कम हुने बताए । ओबामाको चेतावनीलाई बेलायतमा ईयू छाड्न अभियान चलाइरहेकाहरूले कडा प्रतिक्रिया दिएका छन् । द यूके इन्डिपेन्डेन्ट पार्टीका नेता निगेल फारागेले ओबामालाई बेलायत सरकारको नीति बक्ने अमेरिकी राष्ट्रपति भएको आरोप लगाएका छन् । उनले ओबामालाई दोहोरो मापदण्ड अपनाउने राष्ट्रपतिको संज्ञा दिँदै अमेरिकी चुनावमा बेलायतले हस्तक्षेप गर्ने हो भने उसले धैर्य गुमाउने दावी गरेका छन् । अमेरिकी चुनावको पूर्वसन्ध्यामा ओबामाको युरोपेली हस्तक्षेपलाई अमेरिकी डेमोक्र्याट पार्टीबाट राष्ट्रपतिको दौडमा रहेकी हिलारी क्लिन्टनले समेत सकारात्मक रूपमा लिएकी छिन् । उनले पनि बेलायतलाई संघबाट नबाहिरिन सुझाएकी छिन् । बेलायतले आगामी जुन २३ मा युरोपेली संघमा रहने वा नरहने विषयमा जनमत संग्रह गर्दैछ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...