अमेरिकाको ईयू चेतावनी

युरोपेली संघ (ईयू) बाट बाहिरिए बेलायतलाई अमेरिकासंग व्यापार सम्झौता गर्न १० वर्ष लाग्ने राष्ट्रपति बाराक ओबामाले चेतावनी दिएका छन् । बेलायत भ्रमणमा रहेका ओबामाले बीबीसीलाई दिएको अन्तर्वार्तामा ‘कुनै कुरा पाउनुभन्दा अगावै अहिलेबाट पाँच वर्ष अथवा १० वर्ष बित्न सक्ने चेतावनी दिएका हुन् । ओबामाले बेलायतले ईयू छाडे विश्वव्यापी रूपमा यसको प्रभावसमेत कम हुने बताए । ओबामाको चेतावनीलाई बेलायतमा ईयू छाड्न अभियान चलाइरहेकाहरूले कडा प्रतिक्रिया दिएका छन् । द यूके इन्डिपेन्डेन्ट पार्टीका नेता निगेल फारागेले ओबामालाई बेलायत सरकारको नीति बक्ने अमेरिकी राष्ट्रपति भएको आरोप लगाएका छन् । उनले ओबामालाई दोहोरो मापदण्ड अपनाउने राष्ट्रपतिको संज्ञा दिँदै अमेरिकी चुनावमा बेलायतले हस्तक्षेप गर्ने हो भने उसले धैर्य गुमाउने दावी गरेका छन् । अमेरिकी चुनावको पूर्वसन्ध्यामा ओबामाको युरोपेली हस्तक्षेपलाई अमेरिकी डेमोक्र्याट पार्टीबाट राष्ट्रपतिको दौडमा रहेकी हिलारी क्लिन्टनले समेत सकारात्मक रूपमा लिएकी छिन् । उनले पनि बेलायतलाई संघबाट नबाहिरिन सुझाएकी छिन् । बेलायतले आगामी जुन २३ मा युरोपेली संघमा रहने वा नरहने विषयमा जनमत संग्रह गर्दैछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...