पाकिस्तानका धनाड्य व्यक्ति
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ देशकै सबैभन्दा धनी नेताका रुपमा चर्चामा आएका छन् । पाकिस्तानको चुनाव आयोगले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेपछि सबैले जिब्रो टोकेका छन् । आयोगका अनुसार पाकिस्तानभित्र सरिफको कुल सम्पत्ति करिब ३ सय २० करोड रुपैयाँ रहेको छ । गएका चार वर्षमा उनको सम्पत्ति डेढ सय करोडले बढेको छ । २०११ मा उनको सम्पत्ति २६ करोड थियो । २०१२ मा बढेर ४२ करोड भयो भने २०१३ मा २ अर्बभन्दा बढी भएपछि अर्बपति घोषणा गरिएको थियो । चुनाव आयोगका अनुसार सरिफको विदेशमा कुनै पनि सम्पत्ति छैन । त्यसो त सरिफ उहिल्यैदेखि धनी नै हुन् । उनको चिनी मिल, टेक्स्टाइल तथा कागज कारखाना छन् । उनको पुस्तौनी थुप्रै जमिन अझैसम्म छँदैछ । किसानका छोरा बताउने उनको त ३० लाख बराबरका पशुपक्षी मात्र छन् । सरिफकी श्रीमती कुल्सुमको नाउँमा अबोटावादस्थित महँगो ठाउँ चंगा गल्लीमा १० करोड बराबरको घर छ । त्यस्तै मुरीमा एउटा व्यवसायिक भवन १ अर्ब बराबरको छ । अबका आठ महिनाभित्र पाकिस्तानमा आम चुनाव हुँदैछ । सोही सिलसिलामा सरिफको सम्पत्ति विवरण सार्वजनिक
भएको हो ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...