पाकिस्तानका धनाड्य व्यक्ति
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ देशकै सबैभन्दा धनी नेताका रुपमा चर्चामा आएका छन् । पाकिस्तानको चुनाव आयोगले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेपछि सबैले जिब्रो टोकेका छन् । आयोगका अनुसार पाकिस्तानभित्र सरिफको कुल सम्पत्ति करिब ३ सय २० करोड रुपैयाँ रहेको छ । गएका चार वर्षमा उनको सम्पत्ति डेढ सय करोडले बढेको छ । २०११ मा उनको सम्पत्ति २६ करोड थियो । २०१२ मा बढेर ४२ करोड भयो भने २०१३ मा २ अर्बभन्दा बढी भएपछि अर्बपति घोषणा गरिएको थियो । चुनाव आयोगका अनुसार सरिफको विदेशमा कुनै पनि सम्पत्ति छैन । त्यसो त सरिफ उहिल्यैदेखि धनी नै हुन् । उनको चिनी मिल, टेक्स्टाइल तथा कागज कारखाना छन् । उनको पुस्तौनी थुप्रै जमिन अझैसम्म छँदैछ । किसानका छोरा बताउने उनको त ३० लाख बराबरका पशुपक्षी मात्र छन् । सरिफकी श्रीमती कुल्सुमको नाउँमा अबोटावादस्थित महँगो ठाउँ चंगा गल्लीमा १० करोड बराबरको घर छ । त्यस्तै मुरीमा एउटा व्यवसायिक भवन १ अर्ब बराबरको छ । अबका आठ महिनाभित्र पाकिस्तानमा आम चुनाव हुँदैछ । सोही सिलसिलामा सरिफको सम्पत्ति विवरण सार्वजनिक
भएको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...