अमेरिकामा नेपालीलाई पदक

अमेरिकाको वासिङ्टन डिसीमा सम्पन्न राष्ट्रिय खुला तेक्वान्दोमा नेपाली खेलाडी तथा निर्णायकले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा बाल्टिमोर स्थित एभरेस्ट वल्र्ड क्लास एकेडेमीबाट नेपाली र अमेरिकी मुलका २१ जना खेलाडीले २९ विधामा प्रतिस्पर्धा गरेको थिए । एभरेष्टका सबै खेलाडीले पदक जित्न सफल भए । उनीहरूले २९ स्वर्ण, ७ रजत र ४ कास्य गरी कुल ४० वटा पदक प्राप्त गर्न सफल भएका छन् । एभरेस्ट वर्ल्ड क्लासका २१ जना खेलाडी मध्ये ९ जना नेपाली थिए । नेपाली खेलाडीहरूमा नेपाली राष्ट्रिय खेलाडी मनिता शाहीले स्पाइरिङमा स्वर्ण र पुम्सेमा रजत, कृष्ण कार्कीले स्पारिङ र पुम्से दुवैमा स्वर्ण जिते । उज्जवल ठकुरीले स्पाइरिङमा स्वर्ण तथा एलेन शाहीले स्पाइरिङ र पुम्से दुवैमा स्वर्ण जिते । त्यस्तै सलिना खड्काले पनि स्पाइरिङ र पुम्सेमा स्वर्ण जिते भने हेमन छन्त्यालले पुम्सेमा स्वर्ण र स्पाइरिङमा रजत जिते ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...