दुबईमा पञ्चेबाजा

नेपाली मौलिक पञ्चेबाजा यूएईमा पहिलोपटक घन्किएको छ । रोजगारीका लागि पाल्पा जिल्लाबाट यूएई आएका पाल्पाली युवाहरूको सामाजिक संस्था पाल्पाली समाज युएईले आफ्नो पहिलो वाषिर्कोत्सवको अवसर पारेर पञ्चेबाजा घन्काएको हो । २२ अप्रिलका दिन बरदुबईको ईम्पेरियल सुईट होटलको सभाहलमा भएको कार्यक्रममा युएईमै पहिलो पटक पञ्चेबाजा प्रत्यक्ष रुपमा प्रस्तुत गरिएको थियो । समाजका कोषाध्यक्ष तथा सांस्कृतिक कार्यक्रम संयोजक कैलाश अर्यालले नेपाली कला संस्कृति संरक्षणका लागि युएईमा पहिलो पटक पञ्चेबाजा प्रस्तुत गरिएको जानकारी दिए । पञ्चेबाजा कार्यक्रममा समेटिएपछि कार्यक्रमका आमन्त्रित अतिथि तथा सहभागि सबैले प्रसंसा गरेको उनले जानकारी दिए । मगरसंघ युएईको समुहले कार्यक्रममा पञ्चेबाजा प्रस्तुत गरेको थियो । कार्यक्रमका लागि नेपालबाट बोलाइएका प्रसिद्ध कलाकारद्धय नारायण रायमाझी र जमुना रानालाई अभिनन्दन पनि गरिएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...