कार्कीको ‘ट्वान्टी सिक्सटिन’ सार्वजनिक

काठमाडौं— लामो समयदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक श्याम कार्कीको डेब्यू एल्बम ‘ट्वान्टी सिक्सटिन’ (द्दण्ज्ञट) काठमाडौंमा सार्वजनिक भएको छ । मोडलिङमा समेत सक्रिय रहेका गायक कार्कीको यो एल्बममा आधुनिक तथा पप शैलीका गीत–संगीत समावेश गरिएको छ । सार्वजनिक गरिएको एल्बममा छ वटा गीत समावेश छन् । एल्बममा समावेश गरिएका गीतहरुलाई बिराट कडरिया, अर्जुन पोखरेल, राजन तिमिल्सिना, राम सिटौला तथा रवि मल्लले संगीतबद्ध गरेका छन् । रबि मल्ल, सुशिला पौडेल, रुपा पाण्डे, राजन तिमिल्सिना, बिमल गौतम तथा राम सिटौला एल्बमका गीतका रचनाकारहरु हुन् । द रिबेल क्रिएसनले यो एल्बमलाई बजार व्यवस्थापन गरेको हो ।
एल्बमसंगै एल्बममा समावेश ‘तिम्रो मायाले बाँधेर…’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक भए लगत्तै दर्शकले यसलाई अत्यधिक मन पराएका छन् । बिराट कडरियाको संगीत तथा रवि मल्लको शब्दको यो गीतको भिडियोलाई सतिश श्रेष्ठले निर्देशन गरेका हुन् भने यसका सम्पादक पनि उनै हुन् । उमंग शाही तथा अनिल मानन्धर यो भिडियो छायांकार हुन् । गायक कार्कीले यसअघि ‘सकिन यो मनलाई ढाट्न’ शीर्षकको गीतबाट चर्चा पाएका थिए ।
‘ट्वान्टी सिक्सिटन’ एल्बममार्फत गायन क्षेत्रमा आउनुअघि नै गायक कार्की मोडलिङमा स्थापित भैसकेका छन् । उनले पहिलोपटक मोडलको रुपमा गायक विवेक सिटौलाको ‘पागलसरी’ गीतमा अभिनय गरेका थिए । त्यसपछि उनले गायक उदित नारायणको स्वर तथा अर्जुन पोखरेलको संगीतको ‘सर्माएर लजाएर’ शीर्षकको गीतमा पनि अभिनय गरेका छन् । यसबाहेक उनले चलचित्र ‘माइतीघर’ को ‘नमान लाज यसरी’ शीर्षकको गीतको म्युजिक भिडियोमा पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठसंग अनस्क्रिन रोमान्स गरिसकेका छन् ।
तिम्रो मायाले बाँधेर राख…गीतको म्युजिक भिडियो यस्तो छ :
https://youtu.be/jREglHMTcWw

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...