कार्कीको ‘ट्वान्टी सिक्सटिन’ सार्वजनिक

काठमाडौं— लामो समयदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक श्याम कार्कीको डेब्यू एल्बम ‘ट्वान्टी सिक्सटिन’ (द्दण्ज्ञट) काठमाडौंमा सार्वजनिक भएको छ । मोडलिङमा समेत सक्रिय रहेका गायक कार्कीको यो एल्बममा आधुनिक तथा पप शैलीका गीत–संगीत समावेश गरिएको छ । सार्वजनिक गरिएको एल्बममा छ वटा गीत समावेश छन् । एल्बममा समावेश गरिएका गीतहरुलाई बिराट कडरिया, अर्जुन पोखरेल, राजन तिमिल्सिना, राम सिटौला तथा रवि मल्लले संगीतबद्ध गरेका छन् । रबि मल्ल, सुशिला पौडेल, रुपा पाण्डे, राजन तिमिल्सिना, बिमल गौतम तथा राम सिटौला एल्बमका गीतका रचनाकारहरु हुन् । द रिबेल क्रिएसनले यो एल्बमलाई बजार व्यवस्थापन गरेको हो ।
एल्बमसंगै एल्बममा समावेश ‘तिम्रो मायाले बाँधेर…’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक भए लगत्तै दर्शकले यसलाई अत्यधिक मन पराएका छन् । बिराट कडरियाको संगीत तथा रवि मल्लको शब्दको यो गीतको भिडियोलाई सतिश श्रेष्ठले निर्देशन गरेका हुन् भने यसका सम्पादक पनि उनै हुन् । उमंग शाही तथा अनिल मानन्धर यो भिडियो छायांकार हुन् । गायक कार्कीले यसअघि ‘सकिन यो मनलाई ढाट्न’ शीर्षकको गीतबाट चर्चा पाएका थिए ।
‘ट्वान्टी सिक्सिटन’ एल्बममार्फत गायन क्षेत्रमा आउनुअघि नै गायक कार्की मोडलिङमा स्थापित भैसकेका छन् । उनले पहिलोपटक मोडलको रुपमा गायक विवेक सिटौलाको ‘पागलसरी’ गीतमा अभिनय गरेका थिए । त्यसपछि उनले गायक उदित नारायणको स्वर तथा अर्जुन पोखरेलको संगीतको ‘सर्माएर लजाएर’ शीर्षकको गीतमा पनि अभिनय गरेका छन् । यसबाहेक उनले चलचित्र ‘माइतीघर’ को ‘नमान लाज यसरी’ शीर्षकको गीतको म्युजिक भिडियोमा पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठसंग अनस्क्रिन रोमान्स गरिसकेका छन् ।
तिम्रो मायाले बाँधेर राख…गीतको म्युजिक भिडियो यस्तो छ :
https://youtu.be/jREglHMTcWw
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...