सासू आमा र वहाँका आदर्शहरू
मेरी सासू आमा अम्बाकुमारी शर्मा, वि.सं. १९९० मा प्यूठानको माना गाउँमा जन्मेर १२ वर्षकै कलिलो उमेमा प्यूठानकै खैरा गजूरा निवासि भागवत शर्मा पोखरेलसंग वैवाहिक वन्धनमा बाँधिन पुग्नु भएको रहेछ । त्यस पछिका दिनहरूमा भागदौड, उचार चडाव, समय र कर्तब्यसंग प्रतिस्पर्धा गर्दागर्दै पाँच सन्तानकी आमा बन्न पुग्नुभयो । शैक्षिक हिसाबले आफू अशिक्षित भए पनि बौद्धिक हिसावले बहुत दूरदर्शी भएको हुँदा दूर्गम र गाउँको अभावको जिन्दगीसंग संघर्ष गर्दै आफ्ना पाँच सन्तानलाई गुणस्तरीय शिक्षा दिलाउन र सुनौलो भविष्यलाई सुनिश्चत गर्ने खोजिमा प्यूठानबाट कैलाली टिकापुर हुदै काठमाडौं बसाइसराई गर्न बाध्य हुनु भएको थियो । लाखौं अरू नेपालीहरू जस्तै वहाँका सम्पूर्ण सन्तान हामीहरूलाई पनि नेपालमा बसेर विदेशको गुलीयो सपना देख्ने क्रममा विसौ र पच्चिसौं वर्ष अगाडि अष्ट्रेलिया एउटा स्वर्ग र सपनाको देश बन्न पुगेको थियो । त्यसपछिका दिनहरूमा सन्तानका इच्छा आकाँक्षाहरू लाई पछ्याउदै जाँदा विगत सोह्र वर्षदेखि मेलवर्नमा बस्दै आउन वाध्य हुनु भएको थियो । परम्परावादि सोच, पुरातनवाजी समाज र त्यहि वातावरणमा हुर्के बढेकी भए पनि जव उहाँ सात दशकको उमेरमा अष्ट्रेलिया प्रवेश गर्नुभयो, बदलिदो समय र परिस्थितिमा परम्परावादि सोच राखेर जीवन सहज नहुने सोच्दै “देश अनुसारको भेष” भने झै आधुनिक परिवेस, रहन सहन र भेषभूषलाई र अष्ट्रेलिया स्टाइलको दैनिक जीवनलाई सजिलै आत्मसाथ गर्न सफल पनि हुनुभयो ।
सात समुद्र पार पनि दुई दर्जन भन्दा बढि आफ्नै सन्तानको बिचमा रहेर बस्दा पनि आफ्ना हरेक गास र स्वासमा वहाँको त्यो शरिर स्वास विहिन नबन्दा सम्म सन्तानहरू कै खुशी र पीडामा आफूलाई चुर्लूम्म डुवाउन सक्नुभयो । दिनचर्या वित्दै जाँदा लगभग ९० वर्षको उमेरमा गत १४ जुलाई बृहस्पती वारका दिन एक्कासि फोक्सोको समस्याका कारण विरामी हुनु भयो । वहाँका भनाइ अनुसार वहाँका इच्छा र सपनाहरू मध्ये आफ्ना जीवनका अन्तिम दिनहरू अरू कसैलाई पनि दुख नदिने र आफूले पनि धेरै दुख भोग्न नपर्ने नै थियो । जब वहाँ यस पटक विरामी हुनु भयो, वहाँले अस्पताल नलैजान अनुरोध गर्नु भयो । अस्पतालहरू मा बढ्दो कोरोनाको कहर र आमाकै इच्छा र रहर अनुसार सबै परिवारको सल्लाहमा हामीले घरमा नै Hospital in the home को सेवा प्रदान गर्यो । जस अनुसार Antibiotics, Cough syrup, painkiller, oxygen आदि इत्यादि तर फोक्सोको रोगले भित्रभित्रै धेरै च्यापेको हुदा आमालाई निको हुन सक्ने हाम्रो मोटो आशा July १५ शुक्रबारकै दिन एक्कासि झिनो मसिनो हुदै गयो, जुन कुरा घर परिवार र नजिकका साथिभाइका बिचमा एक अप्रिय Breaking news नै बन्न पुग्यो । त्यसपछि छोटो समयमै घरमा आफन्त, साथीभाई, छरछिमेकीहरू भेट्न आउनेको लर्को क्रमश चर्को हुदै गयो ।
हाम्रो परिवारमा थुप्रै संख्यामा पेशागत हिसावले डाक्टर, नर्स भई काम गर्ने हुँदा हामीलाई अब आमा केवल मृत्युको पर्खाइमा रहेको, दुखाइले शरिर छटपटाएको र मृत्युसंग संघर्ष गर्दागर्दै आत्मा तडपिन थालेको बुझ्न धेरै समय नै लागेन । अनि हामीले पेशागत सीप र अनुभवको प्रयोग गर्दै Sub cutaneous butterfly लगाई Morphine र Midazolam जस्ता औषधिहरू प्रयोग गर्यों । त्यतिवेला म आफैमा एक अचम्मको अनुभवको महसुस भयो । पेशागत हिसावले लगभग पच्चिसौं वर्ष अस्पतालमा काम गर्दा मन र मुटु ढुक्क भएर असंख्यौं मात्रामा लगाइएका त्यही Sub cutaneous butterfly, Morphine रMidazolam आज यिनै हातले सासू आमालाई दिनु पर्दा लगभग नौं रेक्टर स्केलको भूकम्पको धक्काले पुरै शरीर हल्लाए जस्तो गरेर शरीरमा कम्पन आयो, हातहरू थर्थरी काँपे र मुटु चिसो भएर पुरै कठ्यांग्रीएको अनुभव भयो । जसले गर्दा पेशागत हिसाबले काम कर्तब्य गराई र पारिवारिक जीवनमा परेर, भोगेर गरेका वास्तविक घटनाले कति फरक पार्दो रहेछ भन्ने कुराको चिन्तन गर्न वाध्य गरायो ।
मृत्युको पर्खामा रहँदा श्वास प्रश्वासमा केही वाधा भएर छटपटाइरहेता पनि वहाँको अनुहारमा भने बेजोडको खुशी छताछुल्ल देखिन्थ्यो । आत्मा भित्रैबाट संतुष्टि ओतप्रोत भएको पाइन्थ्यो । किनकि त्यस समयको मृत्युको रोजाई आमाको आफ्नै इच्छा अनुसार नै थियो । सोह्र वर्ष अघि सात समुद्र पार गरेर आएको यो वदेशी भूमिमा पनि आमाका लगभग लगभग सबै इच्छा र आकांक्षाहरू पूरा भएका थिए । सन्तानप्रति आफूले गरेका कर्तब्य र आत्म संतुष्टिको परिणाम परिवारको मायाँ, ममता, सम्मान, उच्च आदर र आफ्नै स्वतन्त्रतामा जीवन चुर्लुम्म डुबिरहेकै थियो । अनि जीवनको अन्तिम घडीमा आफ्ना सन्तान मात्र नभएर नजिकका नातेदार, इष्टमित्रहरूलाई आफ्नो अन्तिम स्वासको साक्षि राखेर मृत्यु स्वीकार गर्न पाउँदा वहाँलाई इच्छा मृत्यु वरण गरेको भान भैरहेको थियो । त्यतिवेला मलाई भने मेरी सासू आमा कति भाग्यमानी भन्ने सोच्दा सोच्दै राष्ट्रकवि माधव घिमिरेको गीत याद आउंछ।
त्यसरी होस् मरण, दिनको शान्त भेषमा ।
जसरी गर्छन् विश्राम, वहानी पख रातको ।।
अमरा पुरी सभामा आफैलाई गरूँ वरण ।
त्यसरी होस् मरण…………………….।।
हुनपनि रातको सवा एघार वजे, दिनको शान्त भेषमा सम्पूर्ण परिवारको साथमा वहाँले मानव रूपी कष्टको कहरबाट आनन्दको शिखरमा प्रवेश गर्नु भयो । जति वेला हामी जन्मन्छौं, हामीलाई थाहा छ त्यहाँ मृत्यु संगै छ भनेर तर त्यो सत्यता तितो छ । जब मृत्यु आउँछ टप्प टिपेर लैजान्छ त बाँचेकाहरू का लागि सम्ंहालिन गाह्रो हुन्छ ।
अब एकाएक हामीलाई त्यो रात यति कहालि लाग्दो हुन गयो । वातावरण पुरै उराठ लाग्दो भइदियो ।सधै उज्यालो र रमाइलो लाग्ने त्यो आज पुरै अध्यारोको सन्नटाले छाएका उराठिलोे थियो । करिब चार पाँच दर्जन मानिसहरूको भिडमा पनि पुरै सून्यता छाएको थियो । त्यो कोलाहाल भित्रको सून्यता थियो । यताउती धेरै परिवार र आफन्तहरूको रूवावासी, कोही कसैसंग बोल्न सक्ने स्थितिमा थिएनौं । केवल आँखामा अश्रुधारा वर्षाउदै सुकसुकिनु र आमा भन्दै भक्कानिनु वाहेक केही विकल्प रहेन । त्यसैले त्यो रातको त्यो दृश्य र घडी हामी संम्पूर्ण परिवारका लागि यति कठीनको घडी थियो कि जहाँ हामी सबै पोखरेल परिवार एक आमा, सासू आमा र हजुर आमा विनाका टुहुरा बन्दै थियौं ।
हामीले तेह्रौं दिनसम्मको क्रियाकर्म धार्मिक पद्धति तथा सामाजिक रितीरिवाज र परम्परा अनुसार नै परिवार एवं आफन्तहरूको सहयोगबाट पुरा गर्योउ । यसका लागि पंडित शंकर गौतम ज्यू धेरै धन्यवादका पात्र हुनुहुन्छ । हामी सम्पूर्ण पोखरेल परिवारलाई यस विषम परिस्थितिमा आफ्नो अमूल्य समय दिएर विभिन्न हिसाबले जे जस्तो सहायता गर्नु भयो वहाँहरू सबैलाई मुरीमुरी धन्यवाद छ । यस घटनाले हाम्रो समाजमा कति धेरै एक्यवद्धता छ अनि हामी एक आपसमा दुःख पर्दा कसरी सहभागिता गर्न सक्दा रहेछौं भन्ने कुराको पनि एउटा उदाहरण प्रस्तुत भएको छ । जिन्दगीमा कतिपय कुराहरू यस्ता पनि रहेछन् जुन कुरा समय, परिस्थिति र घटनाले मात्रै सिकाउदो रहेछ न कि कुनै कलेज वा विश्वविद्यालयको डिग्रीले । अर्को कुरा जीवनमा के घटना घट्यो त्यो त छंदैछ तर त्यसको सामना चाहिं हामीले के कसरी गर्यौ भन्ने कुरा महत्वपूर्ण पक्ष हुंदो रहेछ । त्यसैले हामीलाई आमा गुमाउनुको पीडा त छंदै थियो तर तेह्रौं दिन सम्मका क्रिया कर्मको प्रक्रिया कसरी गर्ने र गर्यौ भन्ने कुराले उत्तिकै महत्व पाएको बुझियो । अनि गरूढ पुराण सुनेर पाप, धर्म, कर्म, कर्तब्य, सुख, दुःख, जन्म, मृत्यु, यमलोक, धर्मलोक आदि इत्यादिका वारेमा लिईएको ज्ञानबाट हामीलाई आध्यात्म मार्गको वारेमा केहि कुरा सोच्न सक्ने बनाएको छ ।
आमाले यस संसारबाट विदा लिएको पनि आज झण्डै एक महिना विति सकेको छ । यस विचमा जब विहान उठ्छु, नुहाई, धुवाई पछि आमाको तश्वीर अगाडि टेबुलमा तेल बत्ती वाल्ने गर्छु, बत्ती बाल्दै गर्दा आमाका कर्ण प्रिय शब्दहरू “पूजा कोठामा बत्ती बाल्यौ त” भन्ने कानमा एकाएक गुञ्जिन्छन् । यिनै शब्दहरु स्मरण गर्दै गहभरी आँशु अनि मन भारी पार्दै आज आमालाई नै भगवान मानेर वत्ति वाल्दा वत्ति सदाझै चम्किलो भएर मधुरो भएको पाउंछु । अनि मन दुःखी भएर होला घर र संसार नै अध्यारो लागि रहन्छ । अनि एकाएक यो गीतको याद आउछ ।
जीवन किन यहाँ चल्दैन उस्तै,
बत्ति दियोमा बल्दैन उस्तै ।
कस्तो खटन हो यो नियतीको,
कुन निभ्छ कहिले ठहर हुदैन ।।
मेरी सासू आमा कस्तो मान्छे हुनुहुन्थ्यो भन्ने कुरा र उहाँबाट सिकेका दैनिक जीवनका सूत्रहरूको यहाँ व्याख्या गरेर सकिंदैन । विगतमा पल्टिएका पानाहरूमा यस्ता संझनाहरू छन् जसलाई फर्किएर हेर्दा वहाँसंग को नाता र आफ्नोपन विगत २५ वर्ष देखिको, अनी म उहाँलेनै भेटेर, हेरेर कुराकानी भएपछि मात्रै पोखरेल परिवारकी बुहारी बन्न योग्य भएकी पात्र । हरेक छोरीको चाहना हुदो रहेछ आफू विहे गरेर गएको घरमा आफ्नो श्रीमानबाट मात्रै नभएर सासू ससुरा तथा परिवारका अन्य सदस्यहरूको पनि मायाँ, स्नेह र आशिर्वाद पाउने अनि सबैलाई रिझाएर खुशी पारौं भन्ने त्यस्तै सोच बोकेर आजभन्दा बरिब २५ वर्ष अगाडि बाबु आमाको मायाँ र जन्मे, हुर्केको घर छाडेको पिडाको समिश्रणमा बाँकी जीवन पनि त्यही माइती जस्तै मायाँ र व्यवहारको अपेक्षा सहित जुन परिवारमा भित्रिएकी थिएँ त्यो आजसम्म पाइरहें । सासू आमालाई पनि आफ्नी आमालाई जस्तै सदैव मायाँ र सम्मान दिन पछि परिन भने वहाँबाट पाउने छोरीको जस्तै मायाँ ममता र आशिर्वादमा पनि कुनै कमी कजोरीको महसुस भएन ।
हाम्रो धर्मशास्त्रले भन्छ, आमा संसार भरीकै तिर्थ समान पृथ्वीभन्दा महान हुनुहुन्छ, बुवा स्वर्ग भन्दा पनि उच्च, आमा र पृथ्वी स्वर्गभन्दा पनि सर्वोच्च । अनि अध्यात्मले भन्छ, जसको सम्बन्ध आफ्नो आमा बाबुसंग राम्रो छैन र हुदैन, उसको कसैसंग पनि सम्बन्ध सुमधुर हुन सक्दैन र भएपनि टुट्छ र छिन्नभिन्न हुन्छ । बुझ्नेले महसुस गरेका हुन्छन् आमा बाबुको न्यानोपना, वहाँहरू संगको प्रेमिल संसार, वहाँहरूको अनुहारमा झुल्किएको हाँसो र खुशी सन्तानको लागि आशिर्वाद र जीवनको उर्जा हो । अनि भनिन्छ माता, पिता र गुरु यी प्रत्येक्ष देवता हुन् । यिनलार्इृ अपहेलना गरेर अप्रत्येक्ष देवता (कलाकारले कुदिएका ढुंगा वा काठको मूर्तिलाई) देवता मानेर विविध प्रकारले आराधना गर्नु व्यर्थ हुनेछ ।
हाम्रो पूर्वीय समाजमा मात्रै नभएर पश्चिमेली समाजमा पनि सासू बुहारीको सम्बन्धलाई समाजमा कहिल्यै पनि नमिल्ने वा सधैंभरी मिलेर बस्न नसक्ने सम्बन्धको रूपमा लिइन्छ । “सासु कहिल्यै आमा र बुहारी कहिल्ैय छोरी हुन सक्दैनन्” भन्ने भनाई हाम्रो समाजमा पनि यत्रतत्र सर्वत्र सुन्न पाइन्छ । त्यसैले सासू बुहारीको बेमेल सामान्य कुरा थियो र अझै पनि छ । आजका हाम्रा सासू आमाका पीढीका अधिकांस महिलाहरू हिजोका दिनहरूमा चुलो चौकोमा सिमित रही सामाजिक चौघेरामा रहेर जीवन यापन गर्न वाध्य थिए । जसले गर्दा अधिकांस हाम्रा आमाहरू आजकलका छोरा बुहारी, छोरी ज्वाई जस्तो आधुनिक शब्दावलीको प्रयोग र कलात्मक तरिकाले बोल्न र आफ्ना कुरा कलात्मक तरिकाले प्रस्तुत गर्न नजान्नु, मिठो पकाउन नसक्नु, फेसनको नक्कल गर्न नचाहनु, चिटिक्क सजिएर बाहिर आफै एक्लै आवत जावत गर्न नसक्नुले कताकता यी दुई नाता बिच एक ठूलो भ्वाङ पर्दै गएको र बढ्दै गएको महसुस पनि हुन थालेको छ । यसलाई बढ्न नदिनको लागि दुवै नाताले एक आपसमा सकारात्मक सोंच राख्दै एक अर्काको उमेरको ख्याल, उमेर अनुसारको चाहना र आवश्यकतालाई बुझ्ने प्रयास गर्नु, खुलस्त कुराकानी गर्दै समान व्यवहार, सम्मान र आदरका साथ सल्लाह र सुझाव लिनु आजको पुस्ताको सासू बुहारी दुवैको आवश्यकता देखिन्छ । उदाहरणका लागि आमाले घरमा गाली गर्दा चुपाप वस्ने छोरी सासूले एक वचन रूखो बोल्दा जिन्दगी भरी विर्सन नसक्नु, आफ्नी छोरीको मुख भरीको जवाफ हाँसीहाँसी सुन्न सक्ने आमाहरूले बुहारीको एक अलि ठूलो स्वरको बोलीमा, अहमताको हावी देखाउनु, छोरीले चित्त नबुझ्दा केहि भनिहाले एकै छिनमा विर्सिदिने आमाले बुहारीसंग चित्त नबुझे सारा समाजमा सुनाउदै हिड्ने बानी, आदि इत्यादिले हाम्रो समाजमा यी दुई पुस्ताका बिचमा एक अर्कामा सहनसिलताको कमीको महसुस भएको छ भने यीनै कारणहरूले यी दुई नाता बिचको खाडल फराकिलो हुदै गएको पाइन्छ ।
यी माथिका कुराहरूको महसुस हाम्रो परिवारमा सासु र बुहारीहरूले कहिल्यै गर्नु परेन । त्यो पुरातन सोचको समाजमा बुहारी बनेर भित्रिएकी हाम्री सासु आमाले नयाँ पुस्ताका बुहारीहरू भित्र्याउनु भएको थियो । समयको खेल र परिवर्तन संग आधुनिक सोच भएका आफ्ना बुहारीहरूलाई आफू पुरातनवादि बनेर आफ्नो खटनमा राख्नु भन्दा आफूलाई नै समय र परिस्थिति अनुसार परिवर्तन हुन सक्नुभयो । जसको पणिाम हाम्रो परिवारमा सासू बुहारी बिच सदैव राम्रो सम्बन्ध कायम हुन सक्यो । मेरो आफ्नो अनुभवमा पनि २२ वर्षको अपरिपक्वतामा विवाह भएर बुहारीको रूपमा परिणत भएकी थिएँ । वालापनमा आफ्नी आमाले दिएका केही र दखाएका केही सीप बाहेक गृहस्थी चलाउने वारेमा केही ज्ञान र सीप थिएन । वहाँबाटै सिक्ने मौका पाएँ । यसरी पुरातन समाजदेखि आधुनिक समाज सम्मको परिवर्तन देख्नु र भोग्नु भएकी मेरी सासू आमा, अनि, सधैं सकारात्मक सोच राख्ने, छोरी, बुहारीमा भेदभाव नगर्ने, वहाँको व्यवहारबाट प्रभावित भएकी म आपूmलाई सबैभन्दा भाग्यमानी बुहारी ठान्दछु । “सहन सक्ने कुरालाई सहेर बस्नु तर अन्यायलाई चाहिं नसहनु, जसले जे भने पनि सकेसम्म मुख नफर्काउनु,, समय बलवान छ समयले नै सबै कुरा बताउँछ, अरूको सधैं भलो चिताउनु । कसै संग सितिमिति नरिसाउनु नम्र र धैर्य स्वभावले हरेक परिस्थितिको सामना गर्नु, दुःखमा नआत्तिनु, सुख र धनमा कहिल्यै नमात्तिनु” । सासू आमाबाट मैले पाएका आदर्शका पक्ष हुन् ।
आमा बितेपछि म कैयौं पटक त्यहि घर पसें जहाँ आमा हुनुहुन्थ्यो । आमा बिनाको त्यो घर जतिसुकै मानिसको भिडभाड र चहलपहल भएपनि म अझै सून्यता नै पाउँछु । घरभित्र पस्दै गर्दा हाँसिखुशी देखिए तापनि मनभित्र आँधिहुरी चलिरहेकै हुन्छ । मनले सासू आमालाइ नै खोजेको हुन्छ । अनि “भोक लाग्यो ? के खान्छौ बाबा” भन्ने शब्दहरू एकाएक कानमा गञ्जिन्छन् । वहाँ कोठाबाट झुलुक्क उदाए पनि हुन्थ्यो भन्ने मनले सोचेको हुन्छ । तर त्यो कहाँ हुन सक्थ्यो र ? अनि एक उखानको याद आउँछ “आमा बिनाको के घर, बाबु बिनजाको के थर” ? अनि मन एकाएक भावुक हुन पुग्छ । सोफामा मलिन अनुहारमा नब्बेको दशकमा रहनु भएका ससुरा बुवालाई टक्क हेर्छु, पत्नी वियोगमा हृदय पखालेर रूने धोको अझै नपुगेको देख्छु । आँखामा आँसु टिल्पीलाइरहेको हुन्छ । पत्तै नपाई आफ्नै अश्रुधारा बग्न थाल्छन् । रोक्नको लागि जती प्रयास गरे पनि रोकिंदैन । अविरल आँशुका धाराले जब छाति भिज्न पुग्छ तव मात्रै आपूmलाई सम्हाल्ने होस खुल्छ । अनि आफैलाई लाग्छ अर्काको हृदय संझाउने प्रयास गर्नु सहज हुन्छ तर स्वयम्लाई मनाउन कति कठीन हुदो रहेछ । आज वहाँको जिन्दगिलाई फर्केर हेर्दा यस्तो लाग्छ संसार एक नाट्यशाला रहेछ । मानिस सबै त्यसका पात्र र पात्रा रहेछौं । जीवन भनेको एउटा क्यानभासमा रहेको दुःख, सुख, उतार, चढाव, पीडा, आनन्द, रोग, भोक, शोक, चालचलन, आँशु, हाँसो आदिको संगोल रहेछ । जसमा हामी जीवनका हरेक पलमा चित्रण गरिरहेका हुन्छौं । बाँचुञ्जेल संसारको जीवनरूपी चक्रमा दौडदा दौडीदै र भाग्दा भाग्दै जीवन सकिने रहेछ । भनिन्छ मृत्यु मानिसको हातमा हुदैन तर मलाइ लाग्छ हजुरले यसलाई आपूmले इच्छाएको सुनौलो मौकामा आत्मसाथ गर्न पाउनु भयो ।
आमा आज तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ पनि सबैकी प्यारी आमा, सासू आमा, हजुर आमा, ठूली आमा, फुपू, भाउजु आदि इत्यादि भएर बस्नु होला , सबैलाई मायाँ दिनुहोला, दुःखमा साथ त सुखमा रमाई दिनुहोला । अनि फुर्सतको समयमा पृथ्वी लोकमा हेर्दै हामी सपरिवार, आफन्त र नातेदारहरूलाई आशिर्वाद र मायाँ वर्साउन नछोड्नु होला । हामीलाई हजुर बिनाको पारिवारिक जमघट, चडपर्व आदि इत्यादि सधै भरी अपूरो, अधुरो र खल्लो नै हुनेछ ।
देशको परिस्थिति र कामको वाध्यताले अन्तर आत्मामा दर्दनाक पीडा भोग्दै आँखा रसाए पनि ओठमा मुस्कानको फूल फुलाउदै आफ्नो दैनिकी र पेशागत यात्रा शुरू भैसक्दा पनि आफन्त वियोगको घटना जती यो दृश्यलाई हटाउन खोजे पनि यो मनले उतिनै अतितका यादहरूलाई दृश्यपटलमा ल्याइरहेको हुन्छ ।
आमा तपाईं अब भौतिक रूपमा यो पृथ्वीमा नरहेता पनि हाम्रो अन्तरआत्मामा, रगतका नशा नशामा जुनी जुनी जिवितै रहि रहनु हुनेछ । टेवलका तश्वीरहरूमा दिनहूँ बत्ती बालेर ढोग गरेर पुज्ने नै छौं । तपाईको स्वर्गीय आत्माले चीर शान्ति पाओस्, आत्मालाई मुक्ति मिलोस्, तपाईको बैकुण्ठमा वास होस् । बुबा र हामी सम्पूर्ण पोखरेल परिवार, इष्टमित्र, नातागोता र आफन्तहरूमा गहिरो समवेदना, धैर्य धारण गर्न सक्ने शक्ति हाम्रा कुल देवताले प्रदान गरून् भन्ने कामना गर्दछु । अन्त्यमा अझै एक पटक भन्न मन लाग्छ “संसारमा सबै बुहारीहरूले हजुर जस्तै सासु आमा पाउन्” । उही तपाईंकी साहिली बुहारी – लक्ष्मी
काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि प्रारम्भ हुने सोह्र श्राद्ध अर्थात् पितृ...
काठमाडौं– प्रत्येक वर्ष झैँ आज आश्विन सङ्क्रान्तिका दिन अर्थात आज असोज १...
काठमाडौं- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४...
काठमाडौं- सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको...
सिड्नी– हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको उल्लास नेपालमा मात्र होइन, डायस्पोरामा...
Site Officiel Aviator Casino Jouez Démo Gratuite + Bonus Content Est-il Facile De Gagner À...
Glory Casino Online Kayıt: Yeni Oyuncular Için 300$ Ilk Giriş Bonusu” “Beauty Casino:...
American Airlines Aadvantage® Aviator® Silver Mastercard® Apply For The Aadvantage® Aviator® Red Entire...
Slot Oyunları Dünyasında Yonca Yoncal: Hangi Taktikler Etkili? Slot oyunları, eğlence dünyasında büyük...
1win Paris Sportifs Et Casino En Ligne Bonus 500% Casino 1win: Jeux Et...