पारामाटा पार्कमा योग सम्मिश्रित तीज सम्पन्न !

सेप्टेम्बर २( भाद्र १६) शनिबारका दिन स्थानीय पारामाटा पार्कमा नेप्लिज कम्युनिटी इन सिडनी, वेस्टमीड तथा योग अष्ट्रेलियाको सह-आयोजनामा नेपाली महिलाहरूको पावन चाड तीज सम्पन्न भयो। कार्यक्रमको सुरुवात नेप्लिज कम्युनिटी इन सिड्नीका निवर्तमान अध्यक्ष डा. बद्री प्रसाद भट्टराईज्यूको श्रीगणेश मन्त्रोच्चारणबाट भएको थियो भने वर्तमान अध्यक्ष श्री शंकर श्रेष्ठज्यूले मन्तव्य मार्फत दर्शक तथा सहभागीलाई स्वागत गर्नुभएको थियो। लगत्तै योग अस्ट्रेलियाका वरिष्ठ योग प्रशिक्षकद्वय श्रीमती बसुन्धरा ढुंगेलज्यू र श्रीमती पुष्पा दाहालज्यूले बत्ति बालेर योग कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने संयोजक डा. शोभा नेपालीज्यूले वैज्ञानिक र अनुसन्धानात्मक तथ्यहरु प्रस्तुत गर्दै शारीरिक, मानसिक, आत्मिक र सामाजिक स्वास्थ्यमा प्राणायामको महत्वबारे प्रकाश पार्नुभएको थियो। योग अष्ट्रेलियाका संस्थापक श्रीमती सुलोचना पोखरेलज्यूको अगुवाईमा सहभागी योगप्रेमीहरूले आठ प्रकारका प्राणायाम प्रस्तुत गर्नुभएको थियो। सो अवसरमा सिड्नी देखि ५६५ कि मी टाढा ग्रिफ्फिथबाट वरिष्ठ योग प्रशिक्षक जानुका चौधरीज्यू, नेप्लिज हिन्दू सोसाइटी अफ अष्ट्रेलियाका अध्यक्ष श्रीमती लक्ष्मी बस्ताकोटीज्यू तथा श्रीमद्भागवत पुराण बाचिका माता मन्जरीज्यू, योगी नरहरिनाथ फाउन्डेसन अष्ट्रेलियाका अध्यक्ष श्री नारायण शास्त्रीज्यू तथा बल्याकटाउन नेप्लिज कम्युनिटीका उपाध्यक्ष श्रीमती सरस्वती घिमिरेज्यू समेतको समुपस्थिति थियो।
बिहान १० बजेदेखि सुरू भएको कार्यक्रममा प्राणायाम समापनपछि स्वतस्फूर्त रुपमा सहभागीहरूले परिश्रमका साथ बिहान पकाएर ल्याउनुभएको स्वादिलो र स्वास्थ्यवर्द्धक शुद्ध शाकाहारी दर पस्किइएको थियो। वयस्क तथा बालबालिका गरी सपरिवार सहभागी यस दर समारोहमा डा. बाबुराम वस्ताकोटीज्यू तथा श्री राम सापकोटाज्यूको बाद्यबादन टोलीले मौलिक नेपाली मादल, मुरली, खैंजडी, मुजुराका साथमा भजन र तीजका गीत प्रस्तुत गर्नुभएको थियो, जुन यस कार्यक्रमको मुख्य आकर्षण रहेको थियो। हर्षोल्लासपूर्वक सम्पन्न भएको कार्यक्रममा शुरु देखी अन्त्यसम्म उत्साहजनक उपस्थितिका साथै नाचगानमा सबैको सहभागिता र भरपूर मनोरन्जन प्रष्ट देखिन्थ्यो। यस कार्यक्रमका सहभागीहरूले नयाँ तरिकाले तीज मनाउन पाएकोमा निकै नै खुशी प्रकट गर्दै योग सम्मिश्रित कार्यक्रम भविष्यमा पटक पटक आयोजना गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। सबैभन्दा महत्वपूर्ण कुरा त सहभागी बीच एकार्कामा असीम प्रेम र सद्भाव बर्षिएको थियो।

काठमाडौं– रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि...

काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित...

दुवई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा...

(रसियन सेनामा भर्ना भएका नेपालीहरु । तस्बिर सौजन्यः टिकटक) काठमाडौं– रुसी सेनामा आवद्ध...

काठमाडौं– रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि...

काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित...

दुवई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा...

(रसियन सेनामा भर्ना भएका नेपालीहरु । तस्बिर सौजन्यः टिकटक) काठमाडौं– रुसी सेनामा आवद्ध...