जेनिशाको देउसी भैलो गीत “भैलेनी” सार्बजनिक

सिड्नी, अष्ट्रेलिया । हाम्रा चाडपर्ब नजिकिदै गर्दा तिनै चाडपर्ब संग जोडिएका धेरै गीत र साङ्गेतिक माहोलहरु स्मृतिमा ताजा बनेर आउछन् । बिदेशी भुमिमा यस्ता चाड पर्बहरु निरासमा बित्ने गर्दै गरेको धेरैको अनुभबलाई बिर्साउन जेनिशा गौतमले तिहार (दिपावली) को पूर्बसन्ध्यामा “भैलेनी” बोलको देउसी भैलो गीत म्युजिक भिडियो सहित सार्बजनिक गरेकी छन्।
विदेशमा हुर्कदै गरेको पुस्तालाई नेपाली भाषा संस्कृति र हाम्रा रिति रिवाजहरु सिकाउन आफुले यो गीत ल्याएको जेनिशाले बताईन् । उनकै एकल स्वरमा रहेको यो गीतको लेखन जेनिशा आफैले गरेकी हुन् भने यसको म्युजिक भिडियोको सम्पूर्ण छायांकनअष्ट्रेलियामा नै गरिएको हो । जसमा जेनिशाका आफ्नै छोरीहरु, अष्ट्रेलियामा हुर्कदै गरेको दोश्रो पुस्ता र यहाँका परिवारहरु देख्न सकिन्छ ।
यस अगाडी केहि गितहरुमा आफ्नो स्वर, मोडलिङ्ग र निर्देशन समेत गरिसकेकी जेनिशा अष्ट्रेलियाको नेपाली समुदायमा परिचित् नाम हो । यो गित अलिकति भिन्न र दोश्रो पुस्ता सम्म संस्कृतिक संदेश पुराउने उदेश्यले तयार गरेका कारण आफु निक्कै उत्साहित रहेको र एक पटक सुनेर प्रतिकृया दिन समेत गायिका जेनिशाले द नेपाली टाईम्स अष्ट्रेलिया मार्फत सबै नेपालीमा अनुरोध गरेकी छन्।
भिडियोको लागि-

काठमाडौं– रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि...

काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित...

दुवई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा...

(रसियन सेनामा भर्ना भएका नेपालीहरु । तस्बिर सौजन्यः टिकटक) काठमाडौं– रुसी सेनामा आवद्ध...