अमेरिकाले हटायो प्रतिवन्ध

अमेरिकाले लामो समयदेखि भियतनाममाथि लगाउँदै आएको सैन्य प्रतिबन्ध हटाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भियतनाम भ्रमणका क्रममा उक्त घोषणा गरेका हुन् । हनोईमा भियतनामी राष्ट्रपति त्रान दाई क्वाङसंग गरिएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ओबामाले दुई देशबीचको रक्षा सहयोगको अभिन्न अंगको रूपमा प्रतिबन्ध हटाइएको बताए । ओबामाले त्यो क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई काउन्टर दिन यो कदम चालिएको भन्ने कुरालाई भने अस्वीकार गरेका छन् । ओबामाको भनाइ छ— ‘दुई देशबीचको वैचारिक विभाजनका आधारमा लगाइएको प्रतिबन्धलाई हटाई सम्बन्ध सामान्यीकरण गर्ने यो एउटा आकांक्षा पनि थियो ।’ यसअघि दुबै नेताले राष्ट्रपति भवनभित्र रहेको कम्युनिस्ट नेता हो चि मिन्हको सालिकअगाडि हात मिलाएका थिए । ‘विगत कैयौं दशकमा सिर्जित सम्बन्ध नवीकरणको संकेतका रूपमा हामी यहाँ उपस्थित भएका छौं,’ ओबामाले भनेका थिए । अमेरिकाले सैन्य बल फिर्ता गरेपछि तत्कालीन सैगन (हालको हो चि मिन्ह सिटी) को पतनसंगै सन् १९७५ को अप्रिलमा भियतनाम युद्ध समाप्त भएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...