अमेरिकाले हटायो प्रतिवन्ध
अमेरिकाले लामो समयदेखि भियतनाममाथि लगाउँदै आएको सैन्य प्रतिबन्ध हटाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले भियतनाम भ्रमणका क्रममा उक्त घोषणा गरेका हुन् । हनोईमा भियतनामी राष्ट्रपति त्रान दाई क्वाङसंग गरिएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ओबामाले दुई देशबीचको रक्षा सहयोगको अभिन्न अंगको रूपमा प्रतिबन्ध हटाइएको बताए । ओबामाले त्यो क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई काउन्टर दिन यो कदम चालिएको भन्ने कुरालाई भने अस्वीकार गरेका छन् । ओबामाको भनाइ छ— ‘दुई देशबीचको वैचारिक विभाजनका आधारमा लगाइएको प्रतिबन्धलाई हटाई सम्बन्ध सामान्यीकरण गर्ने यो एउटा आकांक्षा पनि थियो ।’ यसअघि दुबै नेताले राष्ट्रपति भवनभित्र रहेको कम्युनिस्ट नेता हो चि मिन्हको सालिकअगाडि हात मिलाएका थिए । ‘विगत कैयौं दशकमा सिर्जित सम्बन्ध नवीकरणको संकेतका रूपमा हामी यहाँ उपस्थित भएका छौं,’ ओबामाले भनेका थिए । अमेरिकाले सैन्य बल फिर्ता गरेपछि तत्कालीन सैगन (हालको हो चि मिन्ह सिटी) को पतनसंगै सन् १९७५ को अप्रिलमा भियतनाम युद्ध समाप्त भएको थियो ।
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...