मारिए तालिबानी नेता

अमेरिकाले अफगान तालिबानका मुख्य नेता मुल्लाह अख्तर मन्सुर अमेरिकी हवाई अक्रमणमा मारिएको दाबी गरेको छ । अमेरिकी अधिकारीका अनुसार मन्सुर र अर्का एक व्यक्ति चढेको गाडीलाई दक्षीण–पश्चिम पाकिस्तानको अफगानिस्तानको सीमा नजिकै अमेरिकी ड्रोनबाट आक्रमण गरिएको थियो । पेन्टागनले समेत उक्त दाबिको पुष्टी गर्दै मन्सुरलाई नै लक्षित गरी भएको आक्रमणको अन्तिम नतिजा थाह हुन केही समय लाग्ने बताएको छ । स्थानिय समय अनुसार मे २१ का दिन दिउँसो भएको उक्त आक्रमणलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्विकृती दिएका थिए । आक्रमण भएको केही समयपछि नै पाकिस्तानी र अफगानी अधिकारीहरूलाई उक्त आक्रमण बारे जानकारी गराइएको ह्वाइट हाउसले बताएको छ । मन्सुरले जुलाई, २०१५ देखि तालिबानको संस्थापक मुल्लाह मोहम्मद ओमारलाई प्रतिस्थापित गर्दै तालिबानको नेतृत्व सम्हाल्न थालेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...