खस्यो इजिप्ट एयर
भूमध्यसागरमा दुर्घटनाग्रस्त भएको इजिप्ट एयर विमानको खोजी गरिरहेको टोलिले मानव अवशेषहरू फेला पारेको छ । इजिप्टको उद्दार समूहले ती अवशेषहरू भेटेको हो । उनीहरूले सिट र लगेजका सामानहरू पनि फेला पारेका छन् । इजिप्टको सेनाले फेला परेका ती सबै बस्तुका तस्वीर समेत सार्वजनिक गरेका छन् । यात्रु र चालकदलका गरी ६६ जना सवार विमान पेरिसबाट कायरोका लागि उडिरहेको बेला मे १९ का दिन समुद्रमा खसेको थियो । विमान दुर्घटनामा पर्न‘ अघिको महत्वपूर्ण १२ मिनेटमा ककपिटमा के भएको थियो भन्ने विषयमा विभिन्न अनुमानहरू भइरहेका छन् । उक्त समयमा हवाइ ट्राफिक नियन्त्रकहरूले विमानका चालकसग सम्पर्क गर्न सकेका थिएनन् । बेपत्ता भएको इजिप्ट एयरका भग्नावशेषहरू भूमध्यसागरमा तैरिरहेको अवस्थामा फेला परेका हुन् । इजिप्टको सेनाका प्रवक्ताले दुर्घटनाग्रस्त विमानको भग्नावशेष र यात्रुका सामानहरू एलेक्जेण्ड्रियाबाट करिव २ सय ९० किलोमिटर टाढा भेटिएको बताएका छन् । ती सामानहरू राडारबाट विमान बेपत्ता भएको क्षेत्रबाट अलिकति दक्षिणी क्षेत्रमा भेटिएको ग्रीसका रक्षामन्त्री पानोस क्यामेनोसले बताएका छन् । इजिप्टका अधिकारीहरूले विमान त्यसरी खस्नुका पछाडि आतंकवादी क्रियाकलापलाई सम्भावित कारण भनेका छन् । विमान वेपत्ता हुनुअघि क्याबिनका विभिन्न भागमा धुवाँ देखिएको पनि अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...