खस्यो इजिप्ट एयर

भूमध्यसागरमा दुर्घटनाग्रस्त भएको इजिप्ट एयर विमानको खोजी गरिरहेको टोलिले मानव अवशेषहरू फेला पारेको छ । इजिप्टको उद्दार समूहले ती अवशेषहरू भेटेको हो । उनीहरूले सिट र लगेजका सामानहरू पनि फेला पारेका छन् । इजिप्टको सेनाले फेला परेका ती सबै बस्तुका तस्वीर समेत सार्वजनिक गरेका छन् । यात्रु र चालकदलका गरी ६६ जना सवार विमान पेरिसबाट कायरोका लागि उडिरहेको बेला मे १९ का दिन समुद्रमा खसेको थियो । विमान दुर्घटनामा पर्न‘ अघिको महत्वपूर्ण १२ मिनेटमा ककपिटमा के भएको थियो भन्ने विषयमा विभिन्न अनुमानहरू भइरहेका छन् । उक्त समयमा हवाइ ट्राफिक नियन्त्रकहरूले विमानका चालकसग सम्पर्क गर्न सकेका थिएनन् । बेपत्ता भएको इजिप्ट एयरका भग्नावशेषहरू भूमध्यसागरमा तैरिरहेको अवस्थामा फेला परेका हुन् । इजिप्टको सेनाका प्रवक्ताले दुर्घटनाग्रस्त विमानको भग्नावशेष र यात्रुका सामानहरू एलेक्जेण्ड्रियाबाट करिव २ सय ९० किलोमिटर टाढा भेटिएको बताएका छन् । ती सामानहरू राडारबाट विमान बेपत्ता भएको क्षेत्रबाट अलिकति दक्षिणी क्षेत्रमा भेटिएको ग्रीसका रक्षामन्त्री पानोस क्यामेनोसले बताएका छन् । इजिप्टका अधिकारीहरूले विमान त्यसरी खस्नुका पछाडि आतंकवादी क्रियाकलापलाई सम्भावित कारण भनेका छन् । विमान वेपत्ता हुनुअघि क्याबिनका विभिन्न भागमा धुवाँ देखिएको पनि अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...