भारतको नदी जडान योजना
भारतले खडेरीसंग जुध्न विभिन्न नदीका पानी सुक्खा प्रभावित क्षेत्रमा लैजाने भएको छ । जलस्रोत मन्त्री उमा भारतीले ब्रम्हपुत्र, गंगालगायत नदीका पानी खडेरी प्रभावित क्षेत्रमा स्थानान्तर गर्ने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी हुन् । खडेरीले भारतमा ३३ करोड मानिस प्रभावित छन् । भारतका अधिकांश स्थानमा तापक्रम ४० डिग्री सेन्टिग्रेड पुगेको छ भने तातो हावा पनि चलेको छ । नदी जोड्ने योजना (इन्टरलिंकिङ अफ रिभर्स–आईएलआर) अन्तर्गत ३० स्थानमा नदी जोडिनेछ । तीमध्ये १४ वटा नदी उत्तर भारतमा रहेका हिमालय ग्लेसियरबाट उत्पत्ति भएका हुन् भने १६ वटा भारतीय प्रायद्वीपका छन् । तर, वातावरणविद्हरूले भने यो योजनाको विरोध गरेका छन् । उनीहरूले यसले वातावरणीय दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् । तर भारतको सर्वोच्च न्यायालयले भने यो आयोजना कार्यान्वयन गर्न आदेश दिइसकेको छ । ‘नदी जोड्नु हाम्रो प्राथमिक एजेन्डा हो र यसमा हामीलाई जनसमर्थन छ, म यो कार्य तीव्र रूपमा अगाडि बढाउन प्रतिबद्ध छु,’ मन्त्री भारतीले भनिन् । पहिलो चरणमा ५ स्थानमा नदी जडानको काम अगाडि बढाइने र पहिलो काम उत्तरप्रदेश र मध्यप्रदेशको केन–बेत्वा जडान कुनै पनि बेला सुरु हुने जनाइएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...