भारतको नदी जडान योजना

भारतले खडेरीसंग जुध्न विभिन्न नदीका पानी सुक्खा प्रभावित क्षेत्रमा लैजाने भएको छ । जलस्रोत मन्त्री उमा भारतीले ब्रम्हपुत्र, गंगालगायत नदीका पानी खडेरी प्रभावित क्षेत्रमा स्थानान्तर गर्ने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी हुन् । खडेरीले भारतमा ३३ करोड मानिस प्रभावित छन् । भारतका अधिकांश स्थानमा तापक्रम ४० डिग्री सेन्टिग्रेड पुगेको छ भने तातो हावा पनि चलेको छ । नदी जोड्ने योजना (इन्टरलिंकिङ अफ रिभर्स–आईएलआर) अन्तर्गत ३० स्थानमा नदी जोडिनेछ । तीमध्ये १४ वटा नदी उत्तर भारतमा रहेका हिमालय ग्लेसियरबाट उत्पत्ति भएका हुन् भने १६ वटा भारतीय प्रायद्वीपका छन् । तर, वातावरणविद्हरूले भने यो योजनाको विरोध गरेका छन् । उनीहरूले यसले वातावरणीय दुर्घटना निम्त्याउने चेतावनी दिएका छन् । तर भारतको सर्वोच्च न्यायालयले भने यो आयोजना कार्यान्वयन गर्न आदेश दिइसकेको छ । ‘नदी जोड्नु हाम्रो प्राथमिक एजेन्डा हो र यसमा हामीलाई जनसमर्थन छ, म यो कार्य तीव्र रूपमा अगाडि बढाउन प्रतिबद्ध छु,’ मन्त्री भारतीले भनिन् । पहिलो चरणमा ५ स्थानमा नदी जडानको काम अगाडि बढाइने र पहिलो काम उत्तरप्रदेश र मध्यप्रदेशको केन–बेत्वा जडान कुनै पनि बेला सुरु हुने जनाइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...