सुध्रिँदैछ ट्वीटर

विश्वको प्रभावशाली सामाजिक सञ्जाल ट्विटरले प्रयोगकर्ताको सहजताका लागि केही नियम परिवर्तन गर्ने भएको छ । नयाँ नियमपछि ट्विटमा १४० क्यारेक्टरको सीमितता हट्नेछ । नयाँ नियमसँगै मल्टिमिडिया सामग्री फोटो, भिडियो ट्विट गर्न सकिनेछ । प्रयोगकर्ताबीच हुने ह्यान्डल कुराकानीको शैली पनि ट्विटरले परिवर्तन गरेको छ । ४० क्यारेक्टरको सीमितता हटाइएको सूचना सबै प्रयोगकर्तामा तत्कालै देखिने छैन । यसका लागि केही समय लाग्ने ट्विटर सह–संस्थापक जोन डोर्सीले बताएका छन् । ‘विगतका नियमहरू प्रयोगकर्ताका लागि झन्झटिला थिए’, उनले भनेका छन्— ‘त्यसैले नयाँ नियम ल्याउनु परेको हो ।’ फोटो, भिडियो, सेयर लिंक राखेर १४० भन्दा बढी क्यारेक्टरमा ट्विट गर्दा कसरी सन्तुलित देखाउने भन्ने विषयमा आफूहरू केन्द्रित रहेको उनले बताएका छन् ।
फेसबुक, स्नाप च्याट र वी च्याटले साम्राज्य फैलाएसंगै ट्विटरले नयाँ प्रयोगकर्ता आकर्षण गर्न संघर्ष गर्दै आएको छ । नयाँ नियमपछि प्रयोगकर्ताको आकर्षण बढ्ने विश्वास ट्विटरको छ । सामाजिक सञ्जाल विश्लेषकहरूले ट्विटर सुधारका लागि चालिएको यो कदम सकारात्मक भएको टिप्पणी गरेका छन् । नयाँ नियम लागू भएको अकाउन्टबाट प्रयोगकर्ताले अब फेसबुकमा जस्तै तस्विर, भिडियो सहित सजिलै सन्देश ट्विट गर्न पाउनेछन् । १४० क्यारेक्टरको सीमितता हुँदा प्रयोगकर्ताले असहज अनुभव गरेका थिए । नयाँ नियमले ट्विटरमा अभिव्यक्ति स्वतन्त्रता अझ फराकिलो बनाइदिने विश्वास गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...