नेपालले दक्षिण अफ्रीकाविरुद्ध जितिसकेको खेल हारेपछि…

प्रोभिडेन्स- नेपाली क्रिकेटको इतिहासमा आजको दिन सधैं भरिका लागि स्मरणीय रहने छ । दक्षिण अफ्रीकाविरुद्धको आजको खेलमा नेपाली खेलाडीहरुले मन त जिते नै, तर खेल जित्न भने सकेनन् । अति नै रोमाञ्चक खेलमा नेपाल १ रनले पराजित हुन पुग्यो, जुन निकै पीडादायक रह्यो । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे अनिल शाहले ३७ रन बनाए । उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे । कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमएको हो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...