एनआरएनए स्पोर्ट्स अन्तर्गत बास्केटबल प्रतियोगिता सम्पन्न

सिड्नी | अस्ट्रेलिया, एनआरएनए स्पोर्ट्स डे २०१६ को दोश्रो प्रतियोगिता स्वरूप बास्केटबल प्रतियोगिता हालै सम्पन्न भएको छ । गत जुलाइ ३ पीसीवाईसी कल्ब म्यारिकभिलमा सम्पन्न उक्त एक दिने प्रतियोगितामा ७ बटा भिन्न टिमहरु सहभागी थिए । जस अन्तर्गतका रोमोंचक खेलहरुका फाइनल खेलमा नेपसिटी मेल्बर्न र क्लब काठमांडू पुगेका थिए । फाइनलको अति पर्तिस्पर्धात्मक खेलमा क्लब काठमांडूलाई उछिन्दै नेपसिटी मेल्बर्नले २९-२३ को सेटले प्रथम स्थान हासिल गर्न सफल भएको छ । साथै प्रतियोगितामा बेस्ट पौन्ट गार्ड कृष्ण गुरुंग, बेस्ट डिफ़ेन्सिभ दीक्षान्त प्रधान क्लब काठमांडूबाट, हाइयस्ट स्कोरर सबिन गुरुंग नेपसिटी मेल्बर्न र मोस्ट भ्यालुएबल प्लेअर सुदीप महर्जन नेपसिटी मेल्बर्नबाट सम्मानित गरिएको थियो ।
एबिके लएर्स एनआरएनए स्पोर्ट्स डे २०१६ अन्तर्गतदोश्रो खेल स्वरूप सम्पन्न यस बास्केटबल प्रतियोगिताको उद्घाटन एनआरएनए स्पोर्ट्स स्पोर्ट्स को-अर्डिनेटर नन्द गुरुङले गर्नुभएको थियो । प्रतियोगितामा एनआरएनए यूथ को-ओर्डिनेटर बिजय पोखरेल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्क्षय दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलियाका सह सचिब भिष्म भण्डारी, एनआरएनए अस्ट्रेलिया एनएसडब्लुका सह-संयोजक प्रकाश खरेल, एनआरएनए अस्ट्रेलिया सदस्य उषा बरियाँ, सदस्य बिकाश केसी, नायका अध्यक्ष कोमल पाठक लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र खेल प्रेमी महानुभाबहरु उपस्थिति हुनु हुन्थ्यो । एनआरएनए अस्ट्रेलिया कै इतिहासमा संस्थाले सुरु गरेको खेलको यस दोश्रो खेलमा भएको सहभागिता र सबैको सहयोगको लागि एनआरएनए अस्ट्रेलियाका स्पोर्ट्स को-अर्डिनेटर नन्द गुरुङले सबैलाई धन्यबाद दिदै अब अगस्ट ७ मा सकर (फ़ुट्बल) प्रतियोगिता तय भएको र उक्त प्रतियोगितामा सहभागी हुन सबैलाई अनुरोध गर्नु भयो । 
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...