एनआरएनए स्पोर्ट्स अन्तर्गत बास्केटबल प्रतियोगिता सम्पन्न
सिड्नी | अस्ट्रेलिया, एनआरएनए स्पोर्ट्स डे २०१६ को दोश्रो प्रतियोगिता स्वरूप बास्केटबल प्रतियोगिता हालै सम्पन्न भएको छ । गत जुलाइ ३ पीसीवाईसी कल्ब म्यारिकभिलमा सम्पन्न उक्त एक दिने प्रतियोगितामा ७ बटा भिन्न टिमहरु सहभागी थिए । जस अन्तर्गतका रोमोंचक खेलहरुका फाइनल खेलमा नेपसिटी मेल्बर्न र क्लब काठमांडू पुगेका थिए । फाइनलको अति पर्तिस्पर्धात्मक खेलमा क्लब काठमांडूलाई उछिन्दै नेपसिटी मेल्बर्नले २९-२३ को सेटले प्रथम स्थान हासिल गर्न सफल भएको छ । साथै प्रतियोगितामा बेस्ट पौन्ट गार्ड कृष्ण गुरुंग, बेस्ट डिफ़ेन्सिभ दीक्षान्त प्रधान क्लब काठमांडूबाट, हाइयस्ट स्कोरर सबिन गुरुंग नेपसिटी मेल्बर्न र मोस्ट भ्यालुएबल प्लेअर सुदीप महर्जन नेपसिटी मेल्बर्नबाट सम्मानित गरिएको थियो ।
एबिके लएर्स एनआरएनए स्पोर्ट्स डे २०१६ अन्तर्गतदोश्रो खेल स्वरूप सम्पन्न यस बास्केटबल प्रतियोगिताको उद्घाटन एनआरएनए स्पोर्ट्स स्पोर्ट्स को-अर्डिनेटर नन्द गुरुङले गर्नुभएको थियो । प्रतियोगितामा एनआरएनए यूथ को-ओर्डिनेटर बिजय पोखरेल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्क्षय दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलियाका सह सचिब भिष्म भण्डारी, एनआरएनए अस्ट्रेलिया एनएसडब्लुका सह-संयोजक प्रकाश खरेल, एनआरएनए अस्ट्रेलिया सदस्य उषा बरियाँ, सदस्य बिकाश केसी, नायका अध्यक्ष कोमल पाठक लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र खेल प्रेमी महानुभाबहरु उपस्थिति हुनु हुन्थ्यो । एनआरएनए अस्ट्रेलिया कै इतिहासमा संस्थाले सुरु गरेको खेलको यस दोश्रो खेलमा भएको सहभागिता र सबैको सहयोगको लागि एनआरएनए अस्ट्रेलियाका स्पोर्ट्स को-अर्डिनेटर नन्द गुरुङले सबैलाई धन्यबाद दिदै अब अगस्ट ७ मा सकर (फ़ुट्बल) प्रतियोगिता तय भएको र उक्त प्रतियोगितामा सहभागी हुन सबैलाई अनुरोध गर्नु भयो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...