दोहामा क्षेत्रीय भेला

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय भेला १३ बुँदे निर्णय गर्दै कतारको राजधानी दोहामा सम्पन्न भएको छ । भेलाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित मुलुकमै पुन: श्रम स्वीकृति र बिमाको ब्यबस्था गर्न सरकारसंग माग गरेको छ । भेलाले दुबई, लेबनान र इराकमा कुटनीति निकायको स्थापना गर्न तथा बहराइन, कुवेत र साउदी अरेबियामा सिधा हवाई सम्पर्क स्थापित गर्न पनि माग गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारले घरायसी प्रयोजनका लागि सुन ल्याउन पाउने नीतिमा सरकारले हालै गरेको परिवर्तनप्रति असन्तोष जनाउादै संघले पूर्ववत ब्यबस्थालाई कायमै राख्न पनि सरकारसंग माग गरेको छ । संघले मध्यपूर्वका नेपाली नियोगहरुमा जनशक्तिको अभाव देखिएको हुँदा त्यसलाई तत्काल समाधान गर्न पनि सरकारसंग माग गरेको छ । भेलामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले प्रमुख आतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने आईसीसी उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी लगायतका गैरआवासीय नेपालीहरुका शीर्ष नेतृत्व र मध्यपूर्वका बिभिन्न देशका गैरआवासीय नेपाली अगुवाहरुको उपस्थीति थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...