दोहामा क्षेत्रीय भेला

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय भेला १३ बुँदे निर्णय गर्दै कतारको राजधानी दोहामा सम्पन्न भएको छ । भेलाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित मुलुकमै पुन: श्रम स्वीकृति र बिमाको ब्यबस्था गर्न सरकारसंग माग गरेको छ । भेलाले दुबई, लेबनान र इराकमा कुटनीति निकायको स्थापना गर्न तथा बहराइन, कुवेत र साउदी अरेबियामा सिधा हवाई सम्पर्क स्थापित गर्न पनि माग गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारले घरायसी प्रयोजनका लागि सुन ल्याउन पाउने नीतिमा सरकारले हालै गरेको परिवर्तनप्रति असन्तोष जनाउादै संघले पूर्ववत ब्यबस्थालाई कायमै राख्न पनि सरकारसंग माग गरेको छ । संघले मध्यपूर्वका नेपाली नियोगहरुमा जनशक्तिको अभाव देखिएको हुँदा त्यसलाई तत्काल समाधान गर्न पनि सरकारसंग माग गरेको छ । भेलामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले प्रमुख आतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने आईसीसी उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी लगायतका गैरआवासीय नेपालीहरुका शीर्ष नेतृत्व र मध्यपूर्वका बिभिन्न देशका गैरआवासीय नेपाली अगुवाहरुको उपस्थीति थियो ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...