कांग्रेसले भित्तेलेखन र पोष्टर नटाँस्ने

काठमाडौं— नेपाली कांग्रेसले यही मार्च ३ देखि ५ सम्म काठमाडौंमा आयोजना गर्ने महाधिवेशनको प्रचारप्रसारका लागि भित्तेलेखन नगर्ने तथा पोस्टरको समेत प्रयोग नगर्ने जनाएको छ । काठमाडौंमा हुने महाधिवेशनका लागि सहर–बजारलाई कुरुप तथा फोहर बनाउने शैलीका प्रचार सामाग्री प्रयोग नगर्ने निर्णय गरिएको कांग्रेस केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचार समितिका सदस्य बद्री पाण्डेले बताएका छन् ।
राजनीतिक दलहरुले गर्ने भित्ते लेखन तथा भित्तामा टाँसिने पोस्टरले सार्वजनिकस्थल फोहोर तथा प्रदूषित देखिने निष्कर्ष निकाल्दै कांग्रेसले देशभरका मुख्य–मुख्य ठाउँलाई रंगीचंगी बनाउने शैलीका प्रचारका उपाय अपनाउने तयारी गरेको छ । यसका साथै विद्युतीय प्रचारलाई बढी जोड दिने तयारी नेपाली कांग्रेसको छ ।
समितिले महाधिवेशनको सूचना सञ्चारमाध्यमलाई सहज र शीघ्र तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने तथा सूचना केन्द्रलाई सुविधायुक्त र व्यवस्थित बनाउने तयारी समेत गरिरहको छ ।
सामाजिक सञ्जाल फेसबुक, ट्विटर आदिलाई अधिकतम सदुपयोग गरिने महाधिवेशन प्रचार समितिका प्रमुख डा मीनेन्द्र रिजालले जानकारी दिएका छन् । ‘भित्तेलेखन र पोस्टरिङको विकल्पमा मुख्य चोकमा सूचनापाटी, स्वागतद्वार, फ्लेक्स आदि प्रयोग गरिनेछ, डा.रिजालका अनुसार रेडियो, टेलिभिजन र अनलाइनको पनि सहयोग लिने तयार भैरहेको छ ।
महाधिवेशनको उद्घाटनसत्र, बन्दसत्र र घोषणासभाका मुख्य प्रसंगको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिने बताइएको छ । कांग्रेसले प्रचारप्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि बनाएको छ । पत्रकार हरिहर विरहीको संयोजकत्वमा अभिलेख, तेजप्रकाश पण्डितको संयोजकत्वमा बुलेटिन, दामोदरप्रसाद दवाडीको संयोजकत्वमा प्रकाशन, कवीर राणाको संयोजकत्वमा सूचना केन्द्र, कृष्ण केसीको संयोजकत्वमा प्रविधि, बद्री सिग्देलको संयोजकत्वमा वैदेशिक सम्पर्क र धर्मेन्द्र झाको संयोजकत्वमा विशेष स्मारिका उपसमिति गठन गरिएको छ । प्रचारप्रसारका क्रममा कांग्रेसले महाधिवेशनको मूल नाराका रुपमा छुट्टै नारा समेत बनाएको छ । महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा बनायौं संविधान : समृद्ध राष्ट्रनिर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारा तय गरिएको छ ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...