“चितवन समाज जर्मनी”को वृहद भेला एवं प्रथम अधिवेशन सम्पन्न

एस्सेन, जर्मनी | संघिय गणराज्य जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरुको एककृत मंचको रुपमा गत मे ९ २०१६ मा तदर्थ रुपमा गठन भएको “चितवन समाज जर्मनी”को संस्थापक समिति विधिवत गठन भएको छ । जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरु उल्लेख्य रुपमा भेला भै संस्थापक समितिको चयन गरेका हुन् । तदर्थ समितिका संयोजक यज्ञराज सुवेदीको सभापतित्व अनि गैह्र आवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेको प्रमुख आतिथ्यतामा दिपेन्द्र सुवेदीले सभा संचालन गरेका थिए । कार्यक्रममा सुनिल हमालले स्वागत गीत अनि भीमा नानी श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो । आपसी परिचय पछि मन्तब्यको क्रममा जीवा लामिछानेले सामाजिक उद्देश्य प्राप्त गर्न एक आपसमा संगठित हुदै अघि बढ्नु पर्ने धारणा प्रस्तुत गर्नुभयो । बिशेष अतिथिको रुपमा चितवन सहायता कोष बेल्जियमका अध्यक्ष दिनेश भण्डारीले संस्थाले संचालन गरेका परोपकारी कार्यहरुको उल्लेख गर्दै जर्मनीका साथीहरुसंग हातेमालो गरी सामाजिक कार्यहरु संचालन गर्ने मनसाय प्रकट गर्नुभयो । किरण चन्द्र रायमाझीले चितवन समाज जर्मनीको लागि प्रस्तावित विधानको पूर्णपाठ गर्नुभयो र संसोधन सहित बिधान पारित भयो । तदर्थ समितिका संयोजक यज्ञराज सुवेदीले संस्थाको आधिकारिक स्थापनार्थ विगतका महिनाहरुमा भएका/गरिएका कार्यप्रगतिको फेहरिस्त प्रस्तुत गर्नुभयो। छोटो विश्राम पछिको बन्द सत्रमा जीवा लामिछाने, हुमनाथ ढकाल र सुरज श्रेष्ठको अध्यक्ष मण्डलले संस्थापक समितिको चयन गरेको थियो । जर्मनीमा चितवनवासीको वीचमा आपसी भाईचारा,पुस्ता-पुस्ता वीचको अन्तर्क्रिया, विचार एवं अनुभवको आदनप्रदान गर्न, बहु संस्कृतिक परिवेशमा हुर्कदै गरेका बालबालिकालाई मार्ग प्रदर्शन गर्न र चितवन जिल्ला एवं देशको अन्य क्षेत्रमा समेत समग्र विकास तथा बिभिन्न सामाजिक कार्यमा यथाशक्य योगदान पुर्याउने उद्देश्यले स्थापना भएको चितवन समाज जर्मनीको संस्थापक समिति निम्नानुसार छ ।
अध्यक्ष : यज्ञराज सुवेदी
उपाध्यक्ष : राजेश लाल श्रेष्ठ
सचिव : किरण चन्द्र रायमाझी
कोषाध्यक्ष : भीमा नानी श्रेष्ठ
क्षेत्रीय संयोजकहरु : बिष्णु अधिकारी, होम शर्मा, रमेश शिवाकोटी र राम गुरुङ
सदस्य हरु : शिव मरहठ्ठा, अरुण अधिकारी, सुनिल हमाल, सजिना श्रेष्ठर दिपेन्द्र सुवेदी
संस्थापक समिति गठन पश्चात अध्यक्ष यज्ञराज सुवेदीले नवगठित समितिको तर्फबाट समग्र समितिले मन, वचन र कर्मले संस्थाको उद्देश्य प्राप्त गर्न लागिपर्ने प्रतिबध्दताका साथ स्वीकृति मन्तव्य प्रकट गर्नुभयो । अग्रज डोर बहादुर गुरुङको शुभकामना पश्चात अध्यक्ष मण्डलको तर्फबाट जीवा लामिछानेले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको थियो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...