नहराओस् हाम्रो पहिचान !

पहिचान आफैमा गर्हौ शब्द हो । विश्वका ठूला–ठूला युद्ध, लडाई र परिवर्तनहरू पहिचानको लागि भएका छन् । देश भित्रै पहिचान खोज्दै हिंडेका हाम्रा दाजुभाइ दिदीबैनीहरू बीचबाट बिदेशीएका हामी नेपालीहरूले हाम्रो दोश्रो पुस्तामा हाम्रो पहिचान हस्तान्तरण गर्दै जोगाउन सकौंला अथवा नसकौंला, दोश्रो पुस्ताले हामी नेपाली हुनुको पहिचानलाई निरन्तरता दिन सक्लान् नसक्लान् हाम्रो लागि यो अबको अहम् सवाल हो । त्यसो त देश भनेको भौगोलिक सीमामात्र पनि होइन, देश भनेको भावना हो त्यसैले भूगोलको रेखाहरूमा नभेटिने पेलिस्टाइनहरू विश्वको जुन कुनामा रहे पनि पेलिस्टाइन नै भएर बाँचेका छन् । त्यतिमात्र होइन, देशभक्ति र आफ्नोपन साट्दै संसारभर पहिचान उदाहरणीय आप्रबशिहरूमा आफ्नो नाम उच्च राख्दै आपसी एकता र भाइचारामा नाम कमाएका छन् ।
बसन्त ऋतुसंगै हाम्रा चाडपर्बहरू नजिएका छन्, बिदेशी भूमिमा हुर्केको र बढेको दोश्रो पुस्तालाई आफ्नोपन सिकाउन यी चाडपर्बहरू जस्तो अनुकुल समय हामीलाई अर्को दोश्रो केहि नहुन सक्छ । रक्षाबन्धनबाट सुरु भएका चाडपर्बहरू तीज, दसैं, तिहार, छठ, इदहँुदै लगभग हामी सबै धर्म संस्कृति र सम्प्रदायका नेपालीहरूलाई चाडबाडमय बनाउँदै जाने कुरामा दुईमत छैन । बिदेशी भूमिमा भिन्न समुदायमा हातेमालो गर्दै बसेका हामी सबैको लागि आफ्नो मात्र होइन नेपालीपनले मनाइने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै चाडपर्ब रितिरिवाजका बारेमा हाम्रा सन्ततिले जान्न पाउने अबसर सायदै नेपालको कुनै एक शहरमा मात्र हुर्केको पुस्ताले नपाउन सक्छ जुन हामीले यहाँ प्राप्त गर्दैछौं । भाषा संस्कृतिका धनी हामी नेपालीहरूले त्यसमानेमा हामीले आफुलाई भाग्यमानी पनि सम्झनु पर्दछ ।
त्यसैले पनि यसरि चाडबाड मनाउँदा सकेसम्म संस्कृति र रितिरिवाज भित्र रहेर तिनैको पहिचान हुने गरी मनाउने बानि बसालौं । भड्किलो र आधुनिकताको नाममा चाडबाडकै पहिचान मेटिने गरि नमनाऔ, अर्कोतिर सानो समुदाय मै रहेका भए पनि हामीहरू एकअर्कासंग अझ बढी नजिकिन र भिन्न संस्कृतिमा रमेका हामीहरू सामुहिक र सबैको संस्कृतिमा रमाउदै एक अर्काको पुरक बनेर बिदेशी भूमिमा हाम्रो पहिचान र एकतालाई अझ मजबुत गरौ । उदाहरण खुद आफुबाटै सुरु गरौं, सम्मानित समुदायको सदस्य बन्ने र आफ्नो संस्कृति जीवन्त राख्ने पहिलो पुस्ताका हामी सबै सदैब इतिहास बन्नेछौ । आउदै गरेका सबै धर्म सम्प्रदायका चाडबाडहरू सबैका लागि सुखद रहोस् शुभकामना !!!

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...