प्रकाशकीय : हाम्रो निरन्तर यात्रा…

-- / प्रकाशित मिति : बिहिबार, भदौ २३, २०७३

समय आफ्नै गतिमा चलेको हुन्छ । त्यही गतिमा हामी पनि चल्न सक्यौं भने समय सँगसँगै हुन्छौं अन्यथा समयले हामीलाई छोडेर अगाडि बढ्छ नै । त्यही समयको निरन्तरता सँगसँगै हिँड्दा हाम्रो यात्रा पनि आठौं वर्ष पूरा गरेर नवौं वर्षमा पाइला राख्न सफल भएका छौं । करीब २०० समुदायहरू मिलेर बनेको बहुसांकृतिक अष्ट्रेलियामा भर्खरै बामे सर्दै गरेको नेपाली समुदायलाई संचारको मध्यामद्वारा जोड्ने हाम्रो सपना र अभियान सन् २००८ बाटै सुरु भएको हो । त्यही सपनालाई साकार पार्ने अभियानको रुपमा लिन सकिन्छ द नेपाली टाईम्सको प्रकाशन । यो यहाँबाट प्रकाशित हुने पहिलो नेपाली मासिक पत्रिका हो । हुर्कदै गरेको नेपाली समुदायलाई मूल प्रवाह अष्ट्रेलियन समाजमा परीचित गराउने, सामुदायिक व्यबसायहरू लाई प्रोत्साहन गर्ने, सेवाग्राहीहरूलाई सुसुचित गर्ने तथा आम नेपाली समुदायलाई सामुदायिक गतिविधी, उन्नती प्रगतीको जानकारी गराउने मूल उद्देश्येलाई आत्मसाथ गर्दै द नेपाली टाईम्स अष्ट्रेलिया आज तपाईंहरूलाई आफ्नोपन दिलाउँदै ८ वर्ष पार गरेकोमा यसको श्रेय हामी हाम्रो समुदायलाई नै दिन चाहन्छौं । समयको माग र आवश्यकतासँगै हातेमालो गर्दै अगाडि बढ्न सकिएन भने कुनै पनि अभियान अपेक्षित रुपमा तत्कालिन समाजको चाहना पूरा गर्न सक्दैन । प्रिन्ट मिडियाका चुनौतिहरू हुँदा हुँदै पनि हामीले नाफाघाटासँगको तुलना नगरी यसलाई निरन्तरता दिनु र समुदायलाई सुसुचित गर्नु हाम्रो कर्तव्य ठान्यौं । निष्पक्ष सूचनाको पहरेदारीका लागि नेपाली समुदयमा द नेपाली टाईम्स अष्ट्रेलियाले लिएको अग्रगामी र अभिभावकीय भूमिकामा निरन्तर अगाडि बढ्नका लागि सहयोग गर्ने हाम्रा व्यवसायी, नेपाली समाज, विद्यार्थी, पत्रकार, समाजसेवी, शुभचिन्तक तथा नेपाली सामुदायिक संघसंस्थाहरूले हामीप्रति देखाएको सहयोग र सद्भावलाई सदा उच्च सम्मान र कदर गर्न चाहन्छौं । हामीलाई गुणस्तरीय लेख रचना, विश्लेषण र सामुदायिक गतिविधी बारे जानकारी गराई अमूल्य सहयोग गरिदिने हाम्रा श्रद्धेय विद्वतवर्गहरूप्रति हामी सदा ऋणि रहने छौ । साथै नेपाली टाइम्स अष्ट्रेलियाका जुझारु सम्पादक मण्डल तथा ब्यवस्थापक टिमप्रति कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरूमा पनि निरन्तर रचनात्मक सहयोग, एकता र सौहार्दताको अपेक्षा राख्दछौं ।

 सोसल मिडिया र अनलाइनको समयमा पनि गुणस्तरिय पत्रिका प्रकाशनमा हामीले आफ्नो कर्तब्यलाई कहिल्यै भुलेका छैनौं । आउँदा दिनहरूमा हाम्रा समुदायको हरेक विचार र गतिविधिलाई समावेश गर्दै अझै परिष्कृत, गहन र समुदायमुखी नेपाली टाईम्स अष्ट्रेलियाका राष्ट्रिय, मेलबर्न र क्वीन्सल्यनण्ड तीनै अंकहरू तपाईहरू सामु प्रस्तुत गर्ने अभियानमा निरन्तर अघि बढ्ने प्रतिबद्धता हामी ब्यक्त गर्न चाहन्छौं । हामीलाई गुणस्तरीय लेख रचना, विश्लेषण र सामुदायिक गतिविधी वारे जानकारी गराई अमूल्य सहयोग गरिदिने हाम्रा श्रद्धेय विद्वतवर्गहरू प्रति हामी सदा ऋणि रहने छौ । अन्त्यमा, नेपाली टाइम्स अष्ट्रेलियाका जुझारु सम्पादक मण्डल तथा ब्यवस्थापक टिम प्रति कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरूमा पनि निरन्तर रचनात्मक सहयोग, एकता र सौहार्दताको अपेक्षा राख्दछौं ।