पर्सामा अनौठो रोग
पर्सा जिल्लाको पोखरीया–४ सतवरीया टोलमा पछिल्लो दुई महिनाभित्र २६ जनाको मृत्यु भएपछि गाउँले त्रसित भएका छन् । देउता रिसाएको भन्दै कोही पूजा–पाठमा व्यस्त छन् भने कोही झारफूकमा त कोही साधु–बाबाका पछाडि दौडिएका छन् । दुई महिनाभित्रै २६ जनाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको स्थानीय राजेश्वर ठाकुरले बताएका छन् । अधिकांश गाउँलेहरू देउता रिसाएर अथवा कुनै दुष्टात्माको प्रकोपले गाउँमा महामारी फैलिएको दावी गरिरहेका छन् । गाउँलेहरूले भागवत पाठको समेत तयारी गरेका छन् । मृत्युको कारण भने एउटै छैन । सतवरीयामा धेरैको मृत्यु भएको खबर पाएपछि घरघरै पुगेर जानकारी लिएको जनस्वास्थ्य कार्यालयको टोलीले गाउँमा कुनै महामारी फैलिएको नभई विभिन्न रोगका कारण मृत्यु भएको जनाएको छ । टोलीको प्रतिवेदनले अलग–अलग कारणले मृत्यु भएकोले गाउँमा महामारी नफैलिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । मृत्यु हुनेमा नबजात शिशुदेखि १०२ वर्षका वृद्ध समेत छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...